नेपाल बैंक लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा ५ जना अन्तर्वार्ताका लागि छनोट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतको पदमा उम्मेदवारी दिएका ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट भएको छ । आइतबार बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी पदमा दरखास्त दिएका १९ जना उम्मेदवारहरूमध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरी प्रकाशित गरेको हो ।
छनोट हुने उम्मेदवारहरूमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट रहेका छन् । बैंकले अधिकृत नियुक्ति सिफारिस सम्बन्धी उपसमितिको आइतबारको निर्णयअनुसार असोज २१ गते प्रकाशित सूचनाअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त दिएका १९ जनामध्ये ५ जनाको नाम छनोट गरिएको जानकारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिसम्बन्धी कार्यविधि २०८० को दफा(८) १ मा भएको व्यवस्था बमोजिम उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा प्राप्त गरेको कूल प्राप्ताङ्कको योग्यता क्रमका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जनाको नाम छनोट गरिएको बैंकले जनाएको छ ।
नाम छनोट हुने पाण्डेय र पौडेलको पौष ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म, गौतम पौडेल र भट्टको पौष ४ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म बैंकको केन्द्रीय कार्यालय धर्मपथमा अन्तर्वार्ता हुने समेत जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?
-
ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?
-
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
-
एक दशकदेखि अलपत्र विष्णुमति पुल किन सञ्चालनमा आएन ?
-
मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प