१४ किलो सुन प्रकरण : कार्यालय सहयोगी र सरसफाइ सुपर भाइजरसहित ९ जना पक्राउ
काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । घटनाबारे विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेल नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।
छानबिन समितिले सरसफाइ सुपरभाइजर मनसुन पाण्डे, सफाइ कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र एयर साइड अफिसमा कार्यरत रमेश देउला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा करारमा कार्यरत कर्मचारीहरू र प्लम्बर छन् ।
सुन प्रकरणमा छानबिनका लागि अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले रातोपाटीलाई बताए । उनले भने–‘छानबिन सकेर हामी तथ्य सार्वजनिक गर्छौँ ।’
मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । घले त्यतिबेला पक्राउ परेका थिए ।
दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टविनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानबाट थाहा भएको छ । डस्टविनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’मा संलग्न रहेको देखिएपछि सफाइ कर्मचारीहरूलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
विमानस्थलमा सरसफाइको जिम्मा सुनगाभा कम्पनीले लिएको छ । सुन बोक्ने भरियाले शौचालयमा फल्स गरेर छाड्ने र प्लम्बरहरुले मर्मतको निहुँमा सुन झिकेर विमानस्थल बाहिर ल्याउने गरेको पनि भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । भित्री ज्याकेटमा सुन लुकाएर चन्द्र ‘निर्धक्क’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरूको अनुसन्धान निष्कर्ष छ । चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना
-
आर्सनल, इन्टर मिलान र एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरणमा