शिक्षाको लगानी कसैले खोस्न सक्दैन : मन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले यस्तो बताएका हुन् ।
उनले भने,‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’
मन्त्री महतले शिक्षामा कसैले वास्ता नगरेको उनले बताए । ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘राजधानी काठमाडौँ नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
यस्तै मन्त्री महतले विकास हुनुपर्ने भन्दै विकास सबैका लागि भएको बताए । ‘०४६ सालपछि नुवाकोटमा बिस्तारै विकास सुरुवात भएको हो । ककनीको बाटो काठमाडौँ बिजुली लैजान बनाएको हो । ०४६ पछि पुल, सिँचाई, बिजुली विस्तार भयो । हामी विकास प्रेमी हौँ, पार्टी भनेर विभेद गर्दैनौँ’, मन्त्री महतले भने, ‘विकास हुनुपर्छ, विकास सबैका लागि हो ।’
काठमाडौँसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्ने उनको भनाइ छ । ‘लगानी भित्रिन थाल्छ, जग्गाको मूल्य वृद्धि हुनुका साथै स्थानीयको आम्दानी बढ्न थाल्छ । हामी समृद्धि हुने बाटोमा जानुपर्छ,’ मन्त्री महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिन्छ : मन्त्री खड्का
-
शिक्षकहरूका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
-
शिक्षकका जायज माग सम्बोधन गर्न तयार छौँ : प्रधानमन्त्री
-
माओवादीमा विद्यार्थी नेतामाथि ‘प्रतिगमन’
-
तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ
-
‘नरसिंहा : अवतार’ मा यस्तो भुमिकामा देखिदै उषा