दीक्षान्त समारोहमा आउने सवारीका लागि पार्किङ स्थल तोकियो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहका लागि पार्किङ स्थल तोकिएको छ । पुस २ गते दशरथ रंगशालामा आयोजना हुन लागेको समारोहमा आउनेहरूका सवारीसाधन पार्किङ गर्न पार्किङ स्थल तोकिएका हुन् ।
परीक्षा नियन्त्रण कार्यालयले टुँडिखेल, विश्वनिकेतन मावि, वर्ल्ड ड्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा पार्किङस्थलत तोकेको हो । टुँडिखेलमा पूर्व र उत्तर रुटबाट आउने सम्पूर्ण सवारीसाधनहरू पार्किङ गर्न सकिनेछ । त्यस्तै विश्व निकेतनमा कालीमाटी रुटबाट आउने सवारीसाधनहरू, वर्ल्ड ट्रेड सेन्टरमा पुल्चोकबाट आउने सवारीसाधन र राखेपमा त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको हो ।
भोलिको उक्त समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् । दीक्षान्त समारोहमा १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता