रुपन्देहीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
आइतबार, ०१ पुस २०८०, १७ : ४०

बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आइतवार गैडहवा गाउँपालिका–१ मा कञ्चन–३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले ठक्कर दिँदा डहवा–१ का राम हरिजनकी २ वर्षीय छोरी नारियाको ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय सुर्यपुराले बसको ठक्करबाट बालिकाको ज्यान गएको पुष्टि गरेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला