सिमेन्टको मूल्यवृद्धि, महासंघद्वारा फिर्ता लिन माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको जनाएको छ । सीमित उद्योगीहरूले कार्टेलिङ गरी हालै सिमेन्टको भाउ प्रति बोरा १ सय रुपैयाँ भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघको भनाइ छ ।
महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गरी खुला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको उल्लेख गरेका छन् ।
विगतमा पनि कार्टेलिङ गरी पटक पटक मूल्यवृद्धि गरिँदा पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले स्मरण गराएको छ ।
म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अर्बौँ भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन पनि महासंघले नेपाल सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?