सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका विद्यार्थी रोजगारीमा लैजाने इजरायलको प्रस्ताव

आइतबार, ०१ पुस २०८०, २० : ३९
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीलाई रोजगारीका लागि लैजाने इजरायलले प्रस्ताव गरेको छ । गत ७ अक्टोबरमा इजरायलमा गाजास्थित हमास समूहले आक्रमण गरेको थियो । आक्रमणबाट १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने ४ जना घाइते भएका छन् । आक्रमणपछि उक्त कार्यक्रमका लागि इजरायल पुगेका विभिन्न विश्वविद्यालयका २५८ जना विद्यार्थी नेपाल फर्किएका थिए ।

फर्किएकाहरू सबैलाई श्रम स्वीकृति नै लिएर इजरायलमा रोजगारीका लागि लैजाने प्रस्ताव इजरायलले गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले इजरायलबाट उनीहरू अब अर्न एन्ड लर्न कार्यक्रमका लागि नभई श्रम स्वीकृति नै लिएर रोजगारीको लागि लैजाने प्रस्ताव आएको बताए ।

‘अर्न एन्ड अर्न कार्यक्रमबाट फर्किएका विद्यार्थीलाई अफिसियल्ली नै रोजगारीमा लैजाने प्रस्ताव आएको छ । त्यसमा सरकारले निर्णय गरिसकेको छैन । छलफल चलिरहेको छ,’ सचिव भण्डारीले भने ।  

इजरायलका विभिन्न कृषि फार्महरू सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत नेपालबाट कृषि विषय पढ्ने विद्यार्थीहरू इजरायल जाँदै आएका छन् । उक्त आक्रमणपछि भने सबै विद्यार्थी नेपाल फर्किएका थिए ।

उक्त कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिने ट्रेनिको रूपमा ४९ जना कृषि विषय पढ्ने विद्यार्थीलाई पठाएको थियो । त्यस्तै कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनबाट ११९ जना विद्यार्थी र त्रिभुवन विश्वविद्यालयबाट ९७ जना गरी २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थी मारिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप