लक्ष्यको ६६ प्रतिशत उठ्यो भन्सार राजश्व

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्मको अवधिमा लक्ष्यको ६६ प्रतिशत मात्रै भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागका अनुसार मंसिरसम्मको अवधिमा लक्ष्यको ६६ प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।
बजेटमार्फत अर्थमन्त्रालयले मंसिर महिनासम्मको अवधिमा २ खर्ब ५१ अर्ब ७२ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६६ प्रतिशत मात्रै राजश्व उठेको विभागले जनाएको छ ।
‘बजेटमार्फत साउन–मंसिरसम्ममा उठाउने लक्ष्यको लिएको ६६ प्रतिशत मात्रै भन्सार राजश्व उठेको छ,’ एक कर्मचारीले भने, ‘यस अवधिमा १ खर्ब ६६ अर्ब ७५ करोड रुपैयाँ मात्रै उठ्यो’ पछिल्लो समय आयात निरन्तर घट्दा भन्सार राजश्व संकलनको लक्ष्य प्रभावित बनिरहेको छ ।
युवा जनशक्ति धमाधम विदेशिँदा नेपालमा खपत गर्ने जनसंख्या घट्दै गएको छ । फलस्वरुपः आयात नै घटेको हो । यस्तै, आर्थिक मन्दीको प्रभावस्वरुप समेत खपत घटिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
-
ट्रम्पले मार्क कार्नीलाई दिए जितको बधाई
-
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
-
उपाधि होडबाट बाहिरिएको र प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत दुई ‘किङ्स’ आपसमा भिड्दै