कप्तान परिवर्तन गर्दा समर्थक रुष्ट, लाखौँले मुम्बई इन्डियन्सलाई अनफलो गर्दै

मुम्बई । इन्डियिन प्रिमियर लिग (आईपीएल) को २०२४ सिजनका लागि कप्तान परिवर्तन गर्ने मुम्बई इन्डियन्सको निर्णय फ्रेन्चाइजीका लागि सुखद देखिएको छैन । फ्रेन्चाइजीले केही दिनअघि मात्र लामो समयदेखि कप्तान रहँदै आएका रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान बनाउने निर्णय गरेको थियो ।
क्लबका समर्थकहरू भने यस निर्णयबाट असन्तुष्ट देखिएका छन् । निर्णयबाट निराश बनेका उनीहरूले फ्रेन्चाइजीको सामाजिक सञ्जाललाई अनफलो गर्न थालेका छन् । पछिल्लो २४ घण्टामा मात्र मुम्बईले ७ लाखभन्दा बढी समर्थक गुमाएको छ । समाचार तयार पार्दासम्म क्लबको इन्सटाग्राममा फलोअर्सको सङ्ख्या घटेर १.२४ करोड पुगेको छ ।
दुई सिजन गुजरात टाइटन्सको नेतृत्व गरिरहेका हार्दिक यो सिजन आफ्नो पुरानो फ्रेन्चाइजीमा फर्किएका थिए । गुजरातमा रहँदा उनले पहिलो सिजनमा नै टोलीलाई आईपीएलको उपाधि दिलाएका थिए । यता भारतीय एकदिवसीय टोलीका कप्तान रोहित शर्माले सन् २०१३ देखि मुम्बईको नेतृत्व गर्दै आइरहेका थिए । मुम्बई आईपीएलको सबैभन्दा सफल टोलीमध्ये एक हो । टोलीले चेन्नई सुपर किंग्ससँगै ५–५ वटा उपाधि जितेको छ ।
उता, मुम्बईको फलोअर्स घटेपछि चेन्नई इन्सटाग्राममा सबैभन्दा धेरै फलोअर्स भएको आईपीएल टोली बनेको छ । चेन्नईको १.३१ करोड फलोअर्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत