मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा दुई जना पक्राउ
आइतबार, ०१ पुस २०८०, १२ : ५७

काठमाडौँ । मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरि नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका–८ किरनचौरका हुन् ।
कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा प्र ०२–०४० प ६३८१ नम्बर तथा बा प्र ०२–०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव
-
माधव नेपाललाई झलनाथको प्रश्न : समाजवादका नाउँमा जनतालाई किन ठग्ने ?
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल