कवि पोखरेलका १५ कृति एकसाथ विमोचन

काठमाडौँ । साहित्यकार जगदीश्वर पोखरेलका १५ साहित्यिक कृति एकसाथ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्राडा माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर संयुक्त रूपमा ती कृतिको एकसाथ विमोचन गरेका हुन् । विमोचित सबै काव्यकृति हुन् ।
एकसाथ विमोचन गरिएका पोखरेलका १५ वटा काव्य कृतिमा शार्दूललालित्य, शब्दांश, शब्दतरङ्ग, शब्दस्पर्श, अक्षराङ्कुर, भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन, पद्मकुञ्ज, पद्यहार, पद्यमालती, पद्यमाला, पद्यपल्लव, पद्यमञ्जली र पाउँदीका गीत रहेका छन् । ढेड दशकयता तयारी गरिएको फरक फरक छन्द कविताहरू यी कृतिमा समावेश छन् ।
यस अघि तीनवटा कविता सङ्ग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवं गीति पुस्तक लोकार्पण गरे हुन् ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद् प्राडा माधवराज पोखरेलले कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरेलले एकसाथ १५ वटा कविता सङ्ग्रह सार्वजनिक गरेर छन्द कवितामा क्रान्ति नै ल्याएको बताए ।
साहित्यकार बलराम दाहालले विमोचन समारोहमा कवि पोखरेलको बारेमा प्रकाश पार्दै कलिलो उमेरमा विभिन्न समस्याले थिचिए पनि अवकाश प्राप्त उमेरलाई पूर्ण सदुपयोग गर्दै उत्कृष्ट काव्यकृति ल्याउन जगदीश्वर सफल भएको बताए ।
उक्त समारोहमा कृतिहरूको बारे प्राज्ञ नरनाथ लुइटेल, प्राडा जीवन अधिकारी, हरि खनाल र पुरुषोत्तम सिग्देलले समीक्षा गर्दै हरेक कृतिको विशेषताबारे चर्चा गरेका थिए ।
कवि भुवनहरि सिग्देलले जगदीश्वरका हरेक कविता राम्रा भएको बताए । उनको हुलाक सेवाको जागिरदेखि पस्मिनाको तानबुनासम्मको सिग्देलले चर्चा गरे ।
कार्यक्रममा बोल्दै कवि जगदीश्वर पोखरलले डेढ दशकभन्दा लामो अथक प्रयासपछि यी फरक १५ वटा काव्यकृति तयार भएको बताए । यी कृतिका कविता १९३ प्रकारका छन्दमा सृजना गरिएको समेत जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल