प्रस्तावित न्यायाधीशको कार्य योजना : सर्वोच्चको कार्य बोझ घटाउन कानुन परिमार्जन
![प्रस्तावित न्यायाधीशको कार्य योजना : सर्वोच्चको कार्य बोझ घटाउन कानुन परिमार्जन](https://npcdn.ratopati.com/media/news/cover-mahesh_cDhE8gtprP.jpg)
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्चको कार्य बोझ घटाउन संविधान तथा कानुन परिमार्जनको आवश्यकता रहेको बताएका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा शर्माले पेश गरेको कार्य योजनामा अदालतमा अहिले मुद्दाको सङ्ख्या वृद्धि हुने क्रम रहेको भन्दै कार्य बोझ घटाउन कानुन संशोधन गरेर जिल्ला र उच्च अदालतलाई थप कार्यभार दिनुपर्ने उल्लेख गरेका हुन् ।
‘सर्वोच्च अदालतमा अहिले मुद्दाको सङ्ख्या अत्यधिक छ र मुद्दाको सङ्ख्या वृद्धि हुने क्रम पनि बढ्दो छ’, प्रस्तावित न्यायाधीश शर्माले आफ्नो कार्य योजनामा भनेका छन्, ‘सबै किसिमका मुद्दाहरू सर्वोच्च अदालतमा पुग्ने कुरा उपयुक्त हुँदैन ।’
उनले प्रदेश र स्थानीय कानुन संविधानसँग बाझिएको हदमा बदर गर्न उच्च अदालतलाई क्षेत्राधिकार दिने, दोहोर्याई पाउन दिने निवेदनहरू हेर्न सम्बन्धित उच्च अदालतहरूमा नै पूर्ण इजलासको व्यवस्था गर्ने र सबै मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार क्षेत्र जिल्ला अदालतलाई प्रदान गर्ने गरी सर्वोच्च अदालतमा कार्य बोझ न्यूनीकरण गर्न सकिने बताएका छन् ।
‘यसका लागि संविधान तथा कानुन परिमार्जनको आवश्यकता छ’, शर्माले आफ्नो कार्य योजनामा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता