अर्जेन्टिनामा आँधीले क्लबको छाना खस्दा १३ जनाको मृत्यु
आइतबार, ०१ पुस २०८०, ११ : ४४
ब्युनस आयर्स । अर्जेन्टिनाको बन्दरगाह सहर बहिया ब्लाङ्कामा शनिबार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो । “दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ”, नगरपालिकाले विज्ञप्तिमा भनेको छ । अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धारका लागि काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ ।
उक्त सहरमा एक सय ४० किलोमिटर (८७ माइल) प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा बिजुलीसमेत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने