छात्रवृत्ति र दिवा खाजाको पैसाले शिक्षकको तलब नखुवाउन आग्रह
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले छात्रवृत्ति र दिवा खाजाका पैसा शिक्षकलाई तलब खुवाउन प्रयोग नगर्न आग्रह गरेको छ ।
छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले पठाएको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको गुनासो आएपछि त्यस्तो नगर्न भनेको हो । सःसर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्ने केन्द्रको भनाई छ । तर, कतिपय विद्यालयमा उक्त पैसाबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएको केन्द्रले जनाएको छ ।
एक सूचना निकालेर उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै केन्द्रले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त भएको रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च नगर्न भनेको हो ।
छात्रवृत्ति, दिवा खाजा र निःशुल्क पाठ्यपुस्तकलगायत विभिन्न शीर्षकभन्दा बाहिर गई त्यस्तो रकम शिक्षकलाई तलब भत्तामा भुक्तानी दिने कार्य कानुन र स्वीकृत आधार तथा मापदण्ड विपरीत हुने केन्द्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योगेशलाई माधवको जवाफ– हामीले अध्यादेशको विरोध गर्दा दास भएर बसेकालाई बढी पोल्यो
-
अर्जुन ट्रफी क्रिकेट : धनगढीको पहिलो जित
-
जापानी फिल्म फेस्टिभल : काठमाडौँमा सकियो, अब पोखरामा हुने
-
ललितपुर महानगरले गर्यो १२ फुटबल क्लबलाई सम्मान
-
नो केबलकार समर्थक १४ आन्दोलनकारी पक्राउ, एउटा गाडीमा तोडफोड
-
संसद्मा दर्ता भयो नागरिक उड्डयनसम्बन्धी दुई विधेयक, यसरी टुक्र्याइँदैछ क्यान