पहिलो पटक हरर फिल्म अभिनय गर्दै काजोल

मुम्बई । बलिउड अभिनेत्री काजोलको यो वर्ष २ फिल्म आयो । एक ‘लस्ट स्टोरीज २’ र अर्काे ‘द ट्रायल’ । आउँदो वर्षपछि काजोलको दुई फिल्म रिलिज हँुदैछ ।
यसैबीच चर्चा छ काजोल अर्को नयाँ फिल्ममा जोडिएकी छन् । यो फिल्म मार्फत उनी पहिलो पटक हरर जनरामा काम गर्दैछिन् ।
रिपोर्टका अनुसार फिल्मको नाम ‘मां’ हो । फिल्म ‘छोरी’का निर्देशक विशाल फुरियाले निर्देशन गर्न लागेका हुन् । फिल्म अजय देवगनको ब्यानरमा बन्न लागेको हो ।
फिल्मको कथा एक आमा वरिपरि घुम्नेछ । तर निर्माण युनिटले यस बिषयमा धेरै जानकारी सार्वजनिक गरेको छैन । फिल्म २०२४ भित्र फ्लोरमा जानेछ ।
भारतीय मिडियाका अनुसार काजोलले अहिलेसम्म हरर जनगरको फिल्म अभिनय गरेकी छैनन् । त्यसैले उनको यो पहिलो हरर फिल्म हुनेछ । फिल्मका लागि काजोल पनि एक्साइटेट रहेको बताइन्छ ।
यो फिल्मको अलवा काजोलका साथमा केही अन्य प्रोजेट पनि छन् । उनी अहिले मलयालम सुपरस्टार पृथ्वीराज सुकुमारनसँग एक नयाँ प्रोजेटमा काम गरिरहेकी छन् । यसको अलवा करज जौहरको फिल्म ‘सरजमीन’मा पनि काम गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘छोरीले साहित्यिक कृति पढ्नुलाई ठुलै पापजस्तो ठानिन्थ्यो’
-
सुरक्षा
-
राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी
-
एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
-
सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
-
भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा