एनएमबी बैंकले तिर्यो १ अर्ब ८४ करोड कर
आइतबार, ०१ पुस २०८०, ११ : ०८

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर बुझाएको छ । बैँकले दिएको जानकारी अनुसार राज्यकोषमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको हो ।
अर्थमन्त्री डा.प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्ती र एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । तर, बैंक तथा वित्तीय संस्थाले ‘भूतप्रभावी’ नबुझाउने बताउँदै आएका थिए ।
आर्थिक विधेयकको व्यवस्थाविरुद्ध सरकारलाई प्रतिपक्षी बनाएर बैंक तथा वित्तीय संस्था अदालत पुगेका थिए । तर, अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा निर्णय गरेपछि राज्य कोषमा शुक्रबार नै कर बुझाएको एनबएमबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा दुई किशोरी बलात्कृत
-
एउटै जेलका १३ कैदीमा एचआईभी पोजेटिभ, जेलरले के भने ?
-
बैंकिङ कसुर र ठगी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
-
अदालतबाट बाहिरिँदै रविले भने– म बोल्ने समय निकै नजिक आउँदैछ, प्रतीक्षा गर्नुहोला
-
माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने
-
निर्वाचित हुँदैमा जनप्रतिनिधि विधि र नियमभन्दा माथि हुँदैन: उपप्रधानमन्त्री सिंह