कृषि, डेरी तथा पोल्ट्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
आइतबार, ०१ पुस २०८०, १० : ५३

काठमाडौँ । कृषि, डेरी तथा पोल्ट्री सम्बन्धि बृहत अन्तराष्ट्रियस्तरको प्रदर्शनी हुने भएको छ । काठमाडौँ उपत्यकाको भृकुटीमण्डपमा आगामी माघमा तीन दिन सो प्रदर्शनी हुने भएको हो । माघ १२ गतेदेखि १४ गतेसम्म हुने कृषिको प्रदर्शनी मेला कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायत विभिन्न संघसंस्थाले आयोजना गर्न लागेका हुन् ।
छैठौँ अन्तराष्ट्रिय प्रदर्शनीमा अन्तराष्ट्रियस्तरको कृषि प्राविधिको प्रर्दशन गरिने छ । कृषियन्त्रिकरण, डेरी, पोल्ट्री, खाद्य लगायतको वस्तुको प्रर्दशन हुने आयोजक समितिले जनाएको छ । सो मेलामा ३ सय बढी प्रदर्शक, १० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक हजार बढी कृषिसँग सम्बन्धित वस्तु प्रर्दशन हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
सरकारी पक्ष र रेडबुल प्रतिनिधिबीच भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप