किसान आकर्षित नहुँदा मासिदै जौँ खेती
रुकुम । रुकुमपूर्वमा दशक अघिसम्म प्रशस्त मात्रामा गरिने जौँखेती हराउँदै गएको छ । कुनै समय जिल्लाको प्रमुख बाली भित्र पर्ने सो खेतीप्रति किसान आकर्षित नहुँदा पछिल्लो समय बिरलै मात्रामा देखिने गरेको छ । अहिले पूजाआजामा आवश्यक पर्ने जौँसमेत जिल्लामा उत्पादन हुन छाडेको छ ।
पाँच/छ वर्षअघिसम्म यही समयमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा सबैका बारीमा जौँ उम्रिएर हरियाली देखिन्थ्यो । अहिले ती सबै खेतबारी खाली छन् । स्थानीय वीरेन्द्र बुढाले ती खेतबारी अहिले घोडा/खच्चड, भेडाबाख्रा बथानको चरिचरन गर्ने क्षेत्र बनेका बताउनुभयो । मकै भित्र्याएपछि खाली भएका ती बारी अब अर्को याममा मकै नरोप्दासम्म खाली नै रहने गरेको उनले बताए ।
उनले भने“ पहिले सबैले बारीमा जौँखेती हुने गर्दथ्यो । पछि विस्तारै मानिसले जौँखेती गर्न छाड्दै गए ।” मैकोटका सबैले मकै भित्र्याएपछि खेतबारी बाँझै राखेर एक यामभरि वस्तुभाउको चरिचरन गर्ने क्षेत्र बनाउने गरेका छन् ।
जौँखेती गर्दै आएका मैकोटका चामबहादुर कामीले पछिल्लो समय आफूले जौँखेती नगरेको जानकारी दिए । “पहिले जौँ उत्पादन हुँदा त्यसैको सातु, ढिडो बनाएर खाने गरिन्थ्यो”, उनले भने, “जौँबाट बनेका परिकार खानलाई पनि मीठो र स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्थ्यो ।” वस्तुभाउलाई दानाका रूपमा पनि जौँ प्रयोग गरिन्थ्यो । अहिले भने आफूलाई आवश्यक पर्दा चाहिने जौँसमेत उत्पादन हुन छाडेको उनको भनाइ छ ।
मैकोटमा छाडा पशुचौपायाबाट बाली जोगाउन गाह्रो हुने र जौँ भित्र्याउने बेलामा स्थानीय यार्सा सङ्कलन गर्न जाने हुँदा पछिल्लो समयमा जौँखेती हराउँदै गएको मैकोटका अर्का स्थानीय विकास पुनले बताए । यस्तै भूमे गाउँपालिकाको पनि थोरै ठाउँमा मात्र जौँखेती गरिँदै आइएको छ । सिस्ने गाउँपालिकाको पनि केही ठाउँमा मात्र जौँखेती हुने गरेको छ ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत मानिसले भात रुचाउने र जौँबाट बनेका परिकार मन नपराउने हुँदा जौँखेती गर्न छाड्दै जान थालेको थलराज बस्नेतले बताए । उनले भन्नुभयो“विगतका तुलनामा जौँखेती मात्र नभई रैथाने बालीहरू लोप हुँदै गएका छन् । ”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै