परराष्ट्रमन्त्री भन्छन्–विपिन जोशीको रिहाइबारे कतारले सकारात्मक जवाफ दिएको छ
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा आफूले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएको बताएका छन् ।
दोहा २१औं फोरमसहित विभिन्न कार्यक्रममा सहभागी भएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताए । त्यसमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको पनि उनको भनाइ थियो ।
उनले भने, ‘नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन नेपाली नागरिकहरुलाई सुरक्षित रोजगारीका थप अवसरहरु उपलब्ध गराउन, नेपालको जलवायु लगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्न, हमास समूहको अपहरणमा परि बन्धक बनाइएका विपिन जोशीको कुशल रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु । यी विषयहरुमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको छ ।’
यस्तै, उनले दोहा पुगेकै दिन नेपाली दूतावासको स्थलगत अवलोकन गरि सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी पनि गराए ।
उनले भने, ‘दोहा पुगेको दिन त्यहाँ नेपाली दूतावासको अवलोकन गरेर दूतावासको कार्यप्रगति एवं समस्या र चुनौतीहरुका बारेमा जानकारी लिएको छु । दूतावासको कार्यसम्पादन थप प्रभावकारी बनाएर सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको छु । त्यहाँ गएर जलवायु परिवर्तनका कारण नेपालले सामना गर्नुपरेका समस्याहरुको न्यूनीकरणका लागि नेपालले आफ्नो तर्फबाट चालेका कदमहरुका बारेमा जानकारी गराएँ ।’
परराष्ट्रमन्त्री साउद दोहा २१औं सम्मेलनमा सहभागी हुन गत शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा गएका थिए । यस्तै उनी कतारबाट युरोप समेत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला