काठमाडौँसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, १० जनाको मृत्यु
शनिबार, ३० मङ्सिर २०८०, १८ : २८
काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१० स्थित कृष्णभोग पार्टी प्यालेस नजिक बा.प्र.०२-०४० प ८९९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बानेश्वर थापागाउँ घर भएकी ६० वर्षीया सुनिता कुमारी पौड्यालको शुक्रबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बारा, निजगढ नगरपालिका-९ लच्कामा प्र.३-०३-००१ प १०९१ नम्बरको मोटरसाइकल र ना.४९ प १३८८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.४९ प १३८८ नम्बरको मोटरसाइकलका चालक निजगढ नगरपालिका-१० लाल बस्ने २० वर्षीय देछिङ घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक प्रसूति गृह अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका प्र.३-०३-००१ प १०९१ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि वीरगन्जतर्फ पठाइएको छ ।
- बाजुरा, बुढीगंगा नगरपालिका-१० रिठा खर्रामा मार्तडीतर्फ जाँदै गरेको ‘अनटेष्ट’ लेखिएको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१९ फुलबारी बस्ने ४२ वर्षीय बीर सिंह चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको हो ।
- दाङ, घोराही उपमहानगरपालिका-१० धारबैरा चोकमा रा.१ क १३०७ नम्बरको टिपरले रा.२ प ५५८९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार प्युठान झिम्रुक गाउँपालिका-४ बाङ्गे बस्ने १७ वर्षीय बिशाल जिसी र नौबहिनी गाउँपालिका-६ बस्ने १८ वर्षीय सागर केसीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीमा बा.४ ख २३४७ नम्बरको टिपर र बा.९२ प ५५३१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका २३ वर्षीय बिशाल मैनालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- मोरङ, रतुवामाई नगरपालिका-९ टालीभट्टामा ना.४ ख ९८५९ नम्बरको ट्रकले प्र.१-०२-००२ ह ९२९० नम्बरको टेम्पोलाई शुक्रबार राति ठक्कर दिँदा टेम्पोमा सवार पथरीशनिश्चरे नगरपालिका-९ बस्ने ४५ वर्षीय तेज बहादुर लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार अटो चालकको खोजी गरिरहेको छ ।
- कपिलवस्तु, शिवराज नगरपालिका-१ वनकसवासमा बा.प्र.प.०३००१ ख १८६६ नम्बरको ट्रकको ठक्करबाट दार्चुला डुहु गाउँपालिका-४ बस्ने ५५ वर्षीया शान्ती देवी बमको शुक्रबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- चितवन, ईच्छाकामना गाउँपालिका-४ केबुलकार नजिकैको सार्वजनिक पार्किङमा रा.१ ख ३११७ नम्बरको बसको ठक्करबाट भारत युपि प्रदेश बलरामपुर अमुवा सिपुरा बस्ने ८५ वर्षीय रामजेश मैरियाको शनिबार बिहान मृत्यु भएको छ । रामजेश मैरिया मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुप्लुङ माध्यामिक विद्यालय नौवहिनी गाउँपालिका प्युठानबाट शौक्षिक अवलोकन भ्रमणमा आएको उक्त बस ब्याक गर्ने क्रममा ठक्कर दिँदा रामजेश मृत्यु भएको खुल्न आएको हो । बसका चालकलाई ईच्छाकामना गाउँपालिका-४ लेवाटारबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
- धनुषा, मिथिला नगरपालिका-६ ढल्केवरमा मधेश प्रदेश २-००७ प २१६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका-९ बस्ने ३७ वर्षीय नागेन्द्र साहको छोरा ७ वर्षीय सिद्दार्थ साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केवर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका नागेन्द्र साह, उनकै श्रीमती र ३ वर्षीया छोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।