मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

८ सय करोड क्लब नजिक एनिमल, गदर-२ को रेकर्ड तोड्दै

शनिबार, ३० मङ्सिर २०८०, १६ : ५१
शनिबार, ३० मङ्सिर २०८०

मुम्बई । फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ ।

चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ ।

विश्वभरि सबैभन्दा धेरै कमाउने शीर्ष १० हिन्दी फिल्महरू

  • दंगल – १८६८.०३ करोड
  • जवान - ११४८.३२ करोड
  • पठान - १०५०.३ करोड
  • बजरंगी भाईजान – ८१८.१८ करोड
  • सीक्रेट सुपरस्टार- ८७५.७८ करोड
  • एनिमल- ७९७.६ करोड*
  • पीके- ७६९.८९ करोड
  • गदर- २- ६९१.०८
  • सुल्तान- ६१४.४९
  • सञ्जु- ५८६.८५

फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३३७.५८ करोड कमाएको थियो । यसपछि दोस्रो हप्तामा १३८.२६ करोड रुपैयाँ संकलन गर्‍यो । 

घरेलु बक्स अफिस रेकर्डको कुरा गर्ने हो भने एनिमल हाल ४८४.८६ करोड भारुको साथ चौथो स्थानमा छ। सूचीको तेस्रो स्थानमा सन्नी देओलको ‘गदर–२’ छ जसले ५२५.४५ करोड कमाएको छ । गदर–२ को कीर्तिमान तोड्न घरेलु बीओमा ४० करोड ५८ लाख रुपैयाँ बढी आम्दानी गर्नुपर्नेछ । 

उता विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले १५ दिनमा भारतमा ६६ करोड ८५ लाखको कलेक्सन गरेको छ । तेस्रो शुक्रबार फिल्मले २ करोड २५ लाख कमायो ।

सामले आफ्नो पहिलो सप्ताहन्तमा ३८.८ करोड र दोस्रो सप्ताहन्तमा २५.८ करोड कमाएको छ । यो फिल्मले अहिलेसम्म विश्वभर ८३.५ करोड कमाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप