नागरिकका गुनासो सुन्न गाउँ–गाउँमा प्रशासन

अछाम । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ ।
सोही अभियानअन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरियो । सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी प्रदान गरे । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामुलक कार्यक्रम गरिएको बताए । सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए ।
उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला हिंसा, बालबिवाह, छुवाछूत, लागुऔषधलगायत समाजिक कुसंस्कारलाई कम गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका भएकाले सहयोग गर्नुपर्ने बताए ।
लागुऔषधका घटना बढ्न थालेपछि अछाम–डोटीको सिमाना चौखुट्टे र दैलेख–अछामको सिमाना बेलखेतमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।
गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले नागरिकलाई सचेत बनाउने उद्देश्यले सबै वडामा सचेततामुलक कार्यक्रम सञ्चालनको तयारी भएको बताए । अछामको चौरपाटी गाउँपालिका र डोटिको पूर्वीचौकी गाउँपालिकाबीच समन्वय गरी लागुऔषध न्यूनीकरण र रोकथामका लागि कडाइका साथ अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु