बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुनचाँदी व्यवसायी सङ्घ सिराहाको अध्यक्षमा साह सर्वसम्मत

शनिबार, ३० मङ्सिर २०८०, ११ : ४५
शनिबार, ३० मङ्सिर २०८०

सिराहा । सिराहा सुनचाँदी व्यवसायी सङ्घ, गोल बजार सिराहाको चौथो अधिवेशनले सुनचाँदी व्यवसायी सन्तोषकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

सङ्घको गोल बजारमा सम्पन्न चौथो अधिवेशन तथा ११ औँ साधारण सभाले साहको अध्यक्षतामा दुईजना पुछि कार्यसमितिले मनोनयन गर्ने गरी ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा देवकृष्ण साह, सचिव सपनाकुमारी गोयन्का, कोषाध्यक्ष आनन्द यादव, सहसचिव शैलेन्द्रकुमार ठाकुर सह कोषाध्यक्ष गोपाल साह चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए । सङ्घका सदस्यहरूमा विजय साह, अरुण शङ्कर साह, लक्ष्मी विश्वकर्मा सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए । ।

अधिवेशनका प्रमुख अतिथि सुनचाँदी व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष भरत अग्रवालले व्यवसायलाई अझै विश्वसनीय र चलायमान बनाउन सम्पूर्ण व्यवसायीसँग आग्रह गरे । उनले व्यवसायीहरूको हरेक दुख, सुखमा केन्द्रीय महासङ्घको साथ सहयोग रहने भन्दै जिल्ला कार्यसमितिलाई चुस्त, दुरुस्त बनाएर सबै व्यसायीहरुलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

संस्थापक अध्यक्ष समेत रहेका अग्रवालले दुर्घटना तथा अन्य आपत् विपदमा परेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले जिल्ला सङ्घले अक्षयकोष स्थापनाको घोषणा गर्नु स्वागतयोग्य रहेको बताए । सङ्घमा जिल्लाभरका एकसय ९० वटा संस्था सदस्य रहेका छन् । जसमध्ये २६ जना जिल्ला प्रतिनिधि छानिएका छन् । अधिवेशन निवर्तमान अध्यक्ष विकास सारडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप