नेपाली समाजले विश्वव्यापीकरणलाई बुझ्न सकेनः सापकोटा

विराटनगर । माओवादी केन्द्रका सांसद् माधव सापकोटाले विश्वाव्यापीकरणको प्रचुर फाइदा लिएर पनि नेपाली समाजले त्यसलाई सही ढंगले बुझ्न नसकेको बताएका छन् ।
सापकोटाले समाजमा पछिल्लो समय नेपाली विदेश जाने गरेको विषयलाई नकारात्मक कोणबाट मात्र बढी चर्चा हुने गरेको भन्दै विश्वव्यापीकरण आजको यथार्थ भएको स्वीकार गर्न सक्नुपर्ने बताए ।
‘कि त हामी विश्व्यापीकरणबाट अलग हुन्छौं, यसलाई मान्दैनौं भन्न सक्नुपर्छ’ उद्योग व्यापार संघ मोरङले विराटनगरमा गरेको कार्यक्रममा सापकोटाले भने, ‘विश्वव्यापीकरणबाट प्रचुर फाइदा पनि लिने अनि खाली मानिसहरु बाहिरिनु गलत भयो भन्ने कुरालाई चर्को स्वरमा कराउने प्रवृत्ति हाबी भयो ।’ सापकोटाले नेपालका मानिस बाहिर गएको मात्र नभई बाहिरका मानिस नेपाल आउने गरेको पनि तर्क गरे । उनले संसारका अतिविकसित मुलुकका मानिसहरु पनि रोजगारी वा अन्य अवसरका लागि बाह्य मुलुक जाने गरेको औंल्याए ।
‘विश्वव्यापीकरण भनेकै एक ठाउँको मानिस अर्को ठाउँमा जाने हो’, उनले भने, ‘विश्वव्यापीकरणका कारण मानिस आउने जाने कुरालाई कसैले रोक्न सक्दैन ।’ यद्यपि मुलुकका लागि अत्यावश्यक दक्ष जनशक्तिले मुलुकमै बसेर रोजगारी गर्न चाहँदा त्यसको वातावरण मिलाउने जिम्मेवारी राज्यको भएको बताए ।
सापकोटाले डा. गोविन्द केसीको पटकपटकको अनसनलाई संकेत गर्दै एउटा व्यक्तिको अनुचित दबाबमा परेर राज्यले मेडिकल कलेजलाई सम्बन्धन रोक्न नहुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हट्लान त कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने