टिप्स : चिसो मौसममा दही कसरी खाने ?

काठमाडौं । दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही पनि एक दुग्ध उत्पादन हो, जसले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ ।
तपाईले देख्नु भएको होला कि पेट सम्बन्धी कुनै रोग लाग्दा चिकित्सकहरुले दही खाने सल्लाह दिन्छन् । दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन बी १२, पोटासियम, म्याग्नेसियमका साथै धेरै एन्टिब्याक्टेरियल गुणहरू हुन्छन् ।
गर्मीमा दहीको सेवन राम्रो मानिन्छ । अहिले जाडोमा दहीको सेवनले रुघाखोकी, रुघाखोकी, घाँटी दुख्ने जस्ता रोग लाग्ने गर्दछ । जाडोमा दही कसरी खाने त ?
दालचीनीमा एन्टिफङ्गल, एन्टिभाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ । यसले चिसोका कारण लाग्ने रोगबाट जोगाउन मद्दत गर्छ । जाडोमा दालचीनीको धुलो दहीमा मिसाएर खाँदा फाइदा हुन्छ ।
ल्वाङको धुलो
ल्वाङमा एन्टिअक्सिडेन्ट हुन्छ जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले हड्डी, दाँत र नङ बलियो हुन्छ । जाडोमा दहीमा ल्वाङको धुलो हालेर खान सकिन्छ ।
अलैंचीको धुलो
अलैंचीको फल खाँदा शरिरलाई हिट गर्छ । यसको सेवन गर्नाले पेट सम्बन्धी रोगहरु जस्तै वान्ता, अपच, पेट दुख्ने समस्याहरु हट्छ । जाडोमा अलैंचीको धुलो दहीमा मिसाएर खाँदा शरिरलाई घाटाभन्दा फाइदा बढी गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...