आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीयमा राहुल द्रविड मुख्य प्रशिक्षक नरहने

शनिबार, ३० मङ्सिर २०८०, ०९ : ००
शनिबार, ३० मङ्सिर २०८०

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबारबाट हुने दक्षिण अफ्रिका विरुद्धको ३ खेलको एकदिवसीय शृङ्खलाअघि कोचिङ स्टाफमा ठुलो परिवर्तन गरेको छ । राहुल द्रविड एकदिवसीय सिरिजमा भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक हुने छैनन् । 

यस शृङ्खलाका लागि भारतीय क्रिकेट टोलीले नयाँ कोचिङ स्टाफ राख्नेछ। राहुल द्रविडको कार्यकाल एकदिवसीय विश्वकप २०२३ सम्म मात्र थियो तर बीसीसीआईले यसलाई पछि थप गरेको थियो। द्रविडको नेतृत्वमा नै भारतले दक्षिण अफ्रिका भ्रमणमा टी-२० सिरिजमा भाग लिएको थियो। एकदिवसीय शृङ्खलामा उनी प्रशिक्षक नहुने भए पनि यो भ्रमणमा खेलिने टेस्ट सिरिजमा उनी प्रशिक्षकका रूपमा फर्किनेछन् ।

क्रिकबज वेबसाइटका अनुसार राहुल द्रविड टेस्ट शृङ्खलामा पूर्णतया ध्यान केन्द्रित गर्न चाहन्छन्, त्यसैले उनले एकदिवसीय शृङ्खलाबाट टाढा रहने निर्णय गरेका हुन्। बीसीसीआईले पनि द्रविडको अनुरोध स्वीकार गरेको छ । तर, हरेक पटक जस्तै यसपटक पनि द्रविडको अनुपस्थितिमा भिभिएस लक्ष्मणले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने छैनन् । 

सितांशु कोटक एकदिवसीय सिरिजमा भारतीय टोलीको मुख्य प्रशिक्षक हुनेछन् । नयाँ प्रशिक्षकमा भारतीय टोलीका पूर्व विकेटकिपर अजय रात्रा थपिएका छन्, जसले फिल्डिङ प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् भने बलिङ प्रशिक्षकको भूमिकामा राजीव दत्तले रहनेछन् ।

भारत र दक्षिण अफ्रिकाबिचको शृङ्खलाको पहिलो एकदिवसीय खेल डिसेम्बर १७ मा जोहानेसबर्गको न्यु वान्डरर्स स्टेडियममा भारतीय समय अनुसार दिउँसो १ः३० बजे सुरु हुनेछ । एकदिवसीय सिरिजमा भारतीय टोलीको कमान केएल राहुलको हातमा हुनेछ । 

एकदिवसीय सिरिजपछि भारतीय टोलीले आयोजकसँग २ खेलको टेस्ट सिरिज खेल्नेछ । सिरिजको पहिलो टेस्ट म्याच २६ डिसेम्बरदेखि न्यु ल्यान्ड्समा र दोस्रो र अन्तिम टेस्ट जनवरी ३ देखि केप टाउनमा हुनेछ ।

भारतीय क्रिकेट टोली रोहित शर्माको कप्तानीमा टेस्ट सिरिज जित्न चाहन्छ। भारतीय टोलीले दक्षिण अफ्रिकामा अहिलेसम्म कुनै पनि टेस्ट सिरिज जित्न सकेको छैन। यस्तो अवस्थामा आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत खेलिएको यो सिरिज जितेर भारतीय टोली दक्षिण अफ्रिकामा इतिहास रच्न चाहन्छ । 

भारतीय टोली सन् २०२१-२२ मा दक्षिण अफ्रिकामा भएको टेस्ट सिरिज जित्ने नजिक पुगेको थियो। पहिलो टेस्टमा आयोजकलाई हराएर शृङ्खलाको राम्रो सुरुवात गरेको थियो तर अन्तिम २ टेस्टमा हार बेहोरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप