हार्दिक मुम्बई इन्डियन्सको नयाँ कप्तान
मुम्बई । भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले इन्डियन प्रिमियर लिग २०२४ को सिजनमा मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् । उनले मुम्बईलाई ५ वटा उपाधि दिलाएका रोहित शर्माको स्थान लिनेछन्। मुम्बई इन्डियनले एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
तर, फ्रेन्चाइजीले रोहित शर्माको भूमिका स्पष्ट गरेको छैन । फ्रेन्चाइजीले १९ दिनअघि पाण्ड्यालाई १५ करोड भारुमा गुजरात टाइटन्ससँग किनेको थियो । पाण्ड्याका लागि दुई फ्रेन्चाइजीबिच नगद सम्झौता भएको थियो। त्यसयता पाण्ड्या कप्तान बन्ने अड्कलबाजी चलिरहेको थियो ।
फ्रेन्चाइजीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अलराउन्डर खेलाडी पाण्ड्या मुम्बई इन्डियन्सको कप्तानको जिम्मेवारी लिन तयार रहेको जनाएको छ । उनले सबैभन्दा लामो समय सेवा गर्ने र सबैभन्दा सफल कप्तान रोहित शर्माको स्थान लिने मुम्बईको भनाई थियो ।
पाण्ड्याले पहिलो सिजनमा नै गुजरात टाइटन्सलाई च्याम्पियन बनाएका थिए । गुजरात टिम २०२२ सिजन च्याम्पियन र २०२३ मा उपविजेता बनेको थियो । पाण्ड्या बाहिरिएपछि गुजरात टाइटन्सले शुभमन गिललाई कप्तान बनाएको छ ।
हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सका ५औँ नियमित कप्तान हुनेछन् । उनीअघि रोहित शर्मा, रिकी पोन्टिङ, हरभजन सिंह र सचिन तेन्दुलकरले टोलीको कप्तानी गरेका थिए।
मुम्बई आईपीएलको सबैभन्दा सफल टोली मध्ये एक हो। टोलीले अहिलेसम्म ५ उपाधि जितेको छ । सबैभन्दा धेरै आईपीएल उपाधि जित्ने मामिलामा चेन्नई सुपर किंग्सको बराबरी छ । चेन्नईको टोली ६ पटक उपविजेता बनेको छ भने मुम्बई इन्डियन्स एक पटक मात्र उपविजेता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपाले पार्टी कार्यालयका लागि गर्यो कार्यविभाजन
-
गगन थापा र चौथाइवालेबिच भेटवार्ता
-
सहकारीमन्त्रीको सय दिन : उपलब्धिको लामो फेहरिस्त, मुख्य विषयमा भने रक्षात्मक
-
कुँवर भन्छन्– कानुन व्यवसायीको रूपमा सल्लाह दिएको थिएँ
-
सचिवमा विष्टको बढुवा, मन्त्री र कर्मचारीको विदेश भ्रमण स्वीकृत
-
शुक्रबार सबै सरकारी कार्यालयमा डेंगु रोकथामको अभियान चलाइने