इजरायली सेनाले भन्यो, ‘गल्तीले तीन बन्धक मारिए’

तेल अभिभ । इजरायली सेनाले गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तीनजना बन्धक मारिएको जानकारी दिएको छ । मारिनेमा २८ वर्षीय योताम हाइम, २२ वर्षीय समिर तलाल्का र २६ वर्षीय अलोन सामरिज रहेका छन् ।
उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएको सेनाको भनाई छ । गत ७ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा बढी बन्धक रहेका छन् । सो दिनको हमलामा २ सय ४० जनाभन्दा बढीलाई बन्धक बनाइएको भए पनि दुई पक्षबिच केही समयका लागि गरिएको अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छाडिएको थियो ।
इजरायली रक्षा बल (आईडीएफ) ले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ । यस घटनामा मारिएका परिवारप्रति आईडीएफले समवेदना प्रकट गरेको छ । ‘हाम्रो मिसन भनेको बन्धकहरूको स्थान पहिचान गर्नु र उनीहरूलाई घर फिर्ता ल्याउनु हो,’ सेनाले भनेको छ । मारिएका तीन जनाको शव इजरायल फिर्ता ल्याइएको छ ।
गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको कारबाहीमा हालसम्म १८ हजार ८ सय जनाको मृत्यु भएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो