बालेन- हर्क साम्पाङसहितको संलग्नतामा नयाँ दल खुल्न लागेको हो ?

काठमाडौँ । देशमा फेरि नयाँ दल खुल्न लागेकोबारे चर्चा परिचर्चा सुरु हुन थालेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलगायतको सक्रियतामा नयाँ पार्टी खुल्न लागेको चर्चा सुरु भएको हो । दुबै मेयर स्वतन्त्र लौरो चिह्नमा चुनाव लडेर स्थानीय सरकारको नेतृत्वमा पुगेका हुन् ।
दुबै मेयरहरुले वर्तमान राजनीतिक दलका नेताहरुप्रति तिखो प्रहार गर्दै आएका छन् भने भ्रष्टाचार र बेथितिको पनि विरोध गर्दै आएका छन् । यस्तैमा काठमाडौँ आएको मौकामा हर्कले बिहीबार मेयर बालेन शाहसँग १ घण्टा छलफल गरे । बिहान ९ बजेदेखि १० बजेसम्म उनीहरुले छलफल गरेका थिए।
उक्त भेटपछि साम्पाङले फेसबुकमा बालेनसँगको तस्बिर राख्दै आफूहरु विशाल बन्ने उल्लेख गरेका थिए । ‘जीत हुन्छ क्रान्तिको शंकै नमान ! हामी झन विशाल बन्छौँ धन्दै नमान !’ उनको भनाइ थियो । उनको स्टाटसले अब नयाँ दल बनाउन दुई मेयर लागिपरेको टिकाटिप्पणी भइरहेको छ।
यस्तैमा शुक्रबार सामाजिक सञ्जालमा साम्पाङले अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत गरेका छन् । ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’, साम्पाङको प्रश्न छ ।
देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को को हुनुहुन्छ ?’
देशमा ‘परिवर्तन’ ल्याउने दाबीका साथ नयाँ दलहरु खुल्ने क्रम जारी छ । यस्तोमा बालेन र साम्पाङसहितले के नयाँ पार्टी खोल्लान् ? या खोलेमा कहिलेसम्म मूर्तरुप पाउला ? त्यो चासोको विषय बनेको छ । नयाँ पार्टी खोल्नेबारे विभिन्न चरणमा छलफल भइरहेपनि कहिलेसम्ममा घोषणा हुनेबारे हालसम्म कुनै टुंगो नलागेको बालेनका निकटस्थहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक : पुनर्निर्माण तथा पुनर्स्थापना योजनाको समीक्षा
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा