बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

२०७५ सालमा कस्तो छ तपाईंको ग्रहदशा : यस्तो छ वार्षिक राशिफल

आइतबार, २५ चैत २०७४, १५ : ४५
आइतबार, २५ चैत २०७४

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) 

समग्रमा मेष राशि भएका व्याक्तिहरूका लागि २०७५ साल फलदायी रहनेछ । आश्विन १८ गतेसम्म तुला राशि (सप्तम भाव)मा गोचर गर्ने वृहस्पतिको अनुकूल प्रभावले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । विशेष गरी पर्यटन, यात्रा, स्कुल, कलेज, बैङ्क तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । समाजमा राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगारको खोजीमा हुनेहरूले नोकरीमा प्रवेश पाइनेछ । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । व्यापार विस्तार तथा अध्ययनको सिलसिलामा देश विदेशको यात्रा हुनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने लामो समयदेखि माया प्रेम गर्ने जोडिहरूले आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ । आश्विन १९ गते (कष्ट) भावमा प्रवेश गर्ने वृहस्पतिले र वर्षभरि नै भाग्य भावमा गेचर गर्ने शनिले धार्मिक यात्रा तथा शैक्षिक यात्रा हुने भए पनि आफन्त तथा घर परिवारमा नराम्रा घटनाको सामना गर्नुपर्नेछ । नोकरी छुट्ने तथा राज्य पक्षबाट अनावश्यक लाञ्छाना तथा आरोप लाग्ने हुँदा सजक रहनुहोला । व्यापारमा मन्दी आउने तथा महँगा विलाशी वस्तुहरू हराउने प्रबल सम्भावना रहेको छ । भौतिक सम्पत्ति प्रयोग गर्दा वा सर्वोर साधन चलाउँदा ख्याल गर्नुहोला । रातोपाटी । शरीरमा चोटपटक लाग्नेछ । फागुन १९ गतेबाट भाग्यभावमा प्रवेश गर्ने वृहस्पतिले लामो दूरीको अध्ययन तथा धार्मिक यात्रा हुनेछ ।

फागुन ९ गतेसम्म कर्म भावमा रहने केतु र सुख भावमा रहने राहुले व्यावसाय तथा नोकरीमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । फागुन ९ गतेपछि पराक्रम भावमा प्रवेश गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले खेलकुद तथा पराक्रमी क्रियाकलापमा सहभागी भई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले कूटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दूरीको अफिसियल यात्रा हुनेछ । 

राशि स्वामी मङ्गल वैशाख २६ गतेसम्म धनु भाग्यभावमा शनिसँग गोचर गर्ने हुनाले आँट तथा पराक्रम बढेर जानेछ भने कन्फिडेन्ट पावर तथा लिडरसिप क्षमतामा वृद्धि हुनेछ । शनि र मङ्गलको युक्तिले सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घट्ना नहोला भन्न सकिन्न । वैशाख २७ गतेबाट कात्तिक २२ गतेसम्म राज्यभावमा गोचर गर्ने उच्च मङ्गलले रुचक योगको निर्माण गर्ने हुनाले समाजमा प्रतिष्ठित काम गरी नाम कमाउन सकिनेछ । नोकरीमा प्रवेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । कात्तिक २३ गतेबाट पौष १० गतेसम्म लाभ भावमा गोचर गर्ने मङ्गलले आरोग्ये तथा धनधान्य प्राप्त हुनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । पौष ११ गतेबाट माघ २४ गतेसम्म विदेश भावमा गोचर गर्ने मङ्गलले लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशी लगानीबाट सञ्चालित सस्थाहरूमा नियुक्ति हुनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । माघ २५ गतेबाट चैत १० गतेसम्म लग्नमा स्वगृह भएर पुनः रुचम योग बनाउने मङ्गलले विशेष गरेर सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ ।  चैत १० गतेपछि कुटुम्ब भावमा जाने मङ्गलले बोलीमा कठोरता ल्याउने तथा आफन्तसँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । 
आर्थिक दृष्टिले असार, असोज, माघ तथा फागुन महिना मेष राशि हुनेहरूका लागि शुभ रहनेछ । 

मेष राशि भएका व्याक्तिहरूले प्रत्यक मङ्गलाबार गणेष भगवानको पूजा तथा आराधना गरी गणेष भगवानलाई खुसी बनाउन सके कामहरू समयमा सम्पन्न हुनेछ । शनिका लागि विष्णुको पूजा तथा पीपलमा जल चडाउनाले र वृहस्पतिका लागि बङ्गलामुखीको दर्शन गर्ने र राहु केतुका लागि बटुक भैरभको पूजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पूजा गर्नाले लाभ मिल्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वा) 

वृष राशि भएका व्यक्तिहरूका लागि सङ्घर्षमय पूर्वाद्धको समय पार गर्दै उत्तराद्धको समय फलदायी रहनेछ । कष्ट भावमा गोचर गर्ने वा वर्षभरी नै शनिको अढैयाको प्रभावले घर परिवारमा विषेश गरी पति पत्नीबीच दूरी बढ्नेछ भने घरायसी कुरामा आफन्तबीच सैद्धान्तिक विषयमा राय बाजिनेछ । समाज सेवा तथा राजनीति गर्नेहरूले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल पाउन मुस्किल रहेकोछ । सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरूबाट अनावश्यक झन्झट व्यहोर्नु पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले नसासम्बन्धी समस्या तथा प्यारालाइसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ । 

फागुन ९ गतेसम्म पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले केही शुभ सङ्केतहरू प्रदान गर्नेछ । छिमेकीसँगकोे सम्बन्धमा सुधार ल्याउनुको साथै दाजुभाइको सहयोगमा छोटो तथा लामो दूरीको यात्रा हुनेछ  । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निणर्यहरू तपाईंकै पक्षमा हुनेछन् । भाग्य भावमा गोचर गर्ने केतुले बसाइँ सराइ तथा लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । फागुन ९ गतेपछि कुटुम्ब भावमा गोचर गर्ने राहु तथा अष्टम भावमा गोचर गर्ने केतुले अचानक धन सम्पत्ति हातलागी हुने भए पनि लामो समयसम्म चल्ने रोगको वृद्धि नगराउला भन्न सकिन्न ।
आश्विन १९ गतेसम्म छैटौं वा सत्रु घरमा गोचर गर्ने वृहस्पतिको प्रतिकूल प्रभावले सामान्यत व्यावसायमा लगानी गरिहाल्ने समय रेहेको छैन । हरेक क्षेत्रमा प्रतिस्पर्धीहरू हावी हुन सक्छन् भने ऋण लाग्ने तथा सामान्य स्वास्थ्यसम्बन्धी समस्या आए पनि पनि आश्विन २० गतेबाट वृहस्पतिले राशि परिवर्तन गरी सप्तम भावमा जाने हुनाले व्यापार व्यावसायमा थप लगानी गर्ने वातावरण बन्नेछ भने व्यावसायमा सहभागी हुनेहरूले प्रशस्त नाफा कमाउन सक्नेछन् । रातोपाटी । आफूलाई मन परेको मानिससँग वा पतिपत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाइलो पारिवारिक यात्राको अधिक सम्भावना रहेको छ भने व्यापार विस्तारका लागि अथवा धार्मिक तथा शिक्षाका लागि देश विदेशको यात्रा गर्न सकिनेछ ।

राशि स्वामी शुक्र वैशाख ६ गतेबाट वैशाख मसान्तसम्म लग्नमा गोचर गर्ने स्वगृह शुक्रले मालव्य योगको पनि निर्माण गर्ने हुनाले सवारी साधन तथा विलाशी सामानको प्रयोग गर्न पाइने तथा मन परेको मानिस वा जीवन साथीको सुख प्राप्त हुनेछ । भाद्र १९ गतेबाट कात्तिक ५ गतेसम्म र मङ्सिर १३ गतेबाट पौष १८ गतेसम्म प्रतिस्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरू तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । 

आर्थिक दृष्टिकोणले साउन कात्तिक फागुन तथा चैत महिना उत्कृष्ट रहेको छ । प्रत्येक शुक्रबार ईन्द्रयणी देवीको दर्शन, पूजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नका लागि विष्णु भगवानको पूजा तथा आराधना गर्ने, पीपलमा हरेक शनिबार जल चडाउने गर्दा लाभ मिल्नेछ ।  रातोपाटी ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेका लागि पूर्वाद्र्धको समय परिणाममुखी काम गर्दै मध्यकाल सङ्घर्षमय हँुदै उत्तराद्र्धको समय शुभ रहनेछ । आश्विन १९ गतेसम्म पञ्चम (विद्या, बुद्धि, सन्तान) भावमा गोचर वृहस्पतिले घर जग्गा, हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय खर्चिनेहरूले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने विद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायी रहेकाले उत्कृष्ट नतिजाका साथ समाजमा इज्जत प्रतिष्ठा बढेर जानेछ । फागुन १९ गतेपछि सप्तम भावमा प्रवेश गर्ने वृहस्पतिले घर परिवारमा शुभ तथा माङ्गलिक कार्यहरू हुनेछन् । प्रेम सम्बन्धलाई निकास दिन सकिनेछ ।  

आश्विन १९ गतेदेखि फागुन १९ गतेसम्म ऋण, रोग तथा सत्रु घरमा प्रवेश गर्ने वृहस्पतिले र वर्षभरी नै सप्तम् भावमा गोचर गर्ने शनिले कुनै पनि मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउन सक्छ  । रातोपाटी । साझदारी व्यावसायमा साझेदारबीचनै सैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जन्डिस, सुगर, मोटोपन, पथ्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाब सिर्जना हुनेछ । लामो दूरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । 

फागुन ९ गतेसम्म धन भावमा गोचर गर्ने राहु र अष्टम भावमा गोचर गर्ने केतुले खर्चको तुलमाना आम्दानी कमजोर रहने हुनाले व्यापार व्यावासायमा थप लगानी गर्ने वातावरण टरेर जानेछ । आफन्त तथा कुटुम्बसँग भौतिक सम्पत्तिको बाँडफाँडमा विवाद हुनेछ । पुरातन संस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहको गन्तव्य पत्ता लगाउन मुस्किल पर्नेछ । भातिक सम्पत्ति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । फाग्गुन ९ गतेपछि लग्न भावमा गोचर गर्ने राहु र सप्तम भावमा गोचर गर्ने केतुले मानसिक अस्थिरता बढाउँदछ भने सवारी साधन हराउने तथा चोरी हुने सम्भावना रहेको छ । 
राशि स्वामी बुध वर्षको सुरुबाट वैशाख २५ गतेसम्म निचो भएर कर्मभावमा गोचर गर्ने हुनाले वाणिमा कठोरता आउने तथा आमाको स्वास्थमा समस्या देखा पर्नेछ । जेठ २६ गतेबाट असार ११ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म चौथो भावमा प्रवेश गरी पुनः भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाइने योग रहेको छ । कन्फिडेन्ट पावरमा वृद्धि हुनेछ भने बोलेरै धेरै कामहरू गर्न सकिनेछ । रातोपाटी ।

प्रतिकूल समयमा शनिको मन्त्रजप तथा बटुक भैरव तथा माता बङ्गालामुखीको भक्तिभावका साथ पूजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले वैशाख, भाद्र, मङ्सिर र चैत महिना उत्कृष्ट रहनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) 

कर्कट राशि हुनेहरूका लागि यो वर्ष विभिन्न अवसरहरूको सदुपयोग गरी जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेको छ । आश्विन १९ गतेसम्म सुख भावमा गोचर गर्ने वृहस्पतिले आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानी बढाई प्रशस्त रुपियाँ पैसा कमाउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । रातोपाटी ।घरजग्गाको खरिद बिक्रीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने स्थायी सम्पत्ति जोड्ने समय रहेको छ । आश्विन १९ गतेदेखि फागुन १९ गतेसम्म विद्या भावमा गोचर गर्ने वृहस्पतिले विद्यार्थीहरूले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् । शेयर बजार, अध्ययन अध्यापन, बैङ्क तथा वित्तीय क्षेत्रमा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेमका कोपिलाहरू फक्रिनेछन् भने सुयोग्य वर बधुको लगन गाँठो बाधिनेछ । फागुन १९ गतेपछि सत्रु भावमा प्रवेश गर्ने वृहस्पतिले ऋण, रोग तथा सत्रुको वृद्धि गर्नेछ भने स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । 

वर्षभरी नै छैटौं भावमा गोचर गर्ने शनिले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईं आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । मावली तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

फागुन ०९ गतेसम्म लग्नमा गोचर गर्ने राहु र पत्नी स्थानमा गोचर गर्ने केतुले तपाईं आफ्नै कारणले काम बिग्रनेछन् । आफन्त टाढिने तथा साझेदारी व्यावसायमा केही उतारचढाब आउनेछ । फागुन ०९ गतेपछि विदेश भावमा जाने राहु र छैटौं भावमा प्रवेश गर्ने केतुले अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । 

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले वैशाख, जेठ, असोज, मङ्सिर महिना राम्रो रहेको छ । बङ्गलामुखी देवीको पूजा, आराधना तथा शनिबार विष्णुको पूजा तथा पीपलमा जल चडाउँदा लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नका लागि बटुक भैरवको पूजा तथा आराधाना गर्दा लाभ मिल्नेछ । रातोपाटी ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  

सिंह राशि भएकाहरूका लागि समग्रमा समय राम्रो रहेको छ । आश्विन १९ गतेसम्म पराक्रम भावमा रहने वृहस्पतिले यात्राको क्रममा विभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झैझगडाको योग बन्नेछ । विचौलीयाहरूको प्रभावमा परी तपाईंबाट नराम्रा निर्णयहरू हुन सक्छन्, ध्यान दिनुहोला । सरकारी पद धारण गरी सेवा प्रवाह गर्नेहरूबाट अनावश्यक झन्झट बेहोर्नुपर्नेछ । आश्विन १९ गतेपछि फागुन १९ गतेसम्म सुख भावमा गोचर गर्ने वृहस्पतिले घर जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । पैतृक सम्पत्ति आफ्नो नाममा आउने योग रहेको छ । नाफामुखी व्यावसायभन्दा सेवामुखी व्यावसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । प्रेम सम्बन्धलाई विवाह मार्फत घरगृहस्थीमा सुचारु गर्न सकिनेछ । रातोपाटी । फागुन २० गतेबाट पञ्चम् भावमा प्रवेश गर्ने वृहस्पतिले सेयर बजार तथा बैङ्किङ क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने घर परिवारमा माङ्गलिक काम हुनेछन् । बौद्धिक क्षेत्रमा सामेला भई आफ्नो तार्किक भनाइ प्रस्तुत गर्ने अवसर जुर्नेछ । 

फागुन ९ गतेसम्म खर्च भावमा गोचर गर्ने राहु र छैटांै भावमा गोचर गर्ने केतुले औषधि उपचार खर्च बढाउने तथा सुखमा कमी गर्ने तथा पशु चौपायबाट हानि हुनेछ । घर छोडी देश विदेशको यात्रा हुनेछ भने राज्यबाट अपमान, दण्ड तथा जरिवाना सहनु पर्नेछ । प्रतिस्पर्धी तथा सत्रु हाबी हुनेछन् । काम वा व्यावसायमा बिघ्नबाधा गर्नेले सताउन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेको छ । फागुन ९ गतेपछि आयभावमा प्रवेश गर्ने राहु र पञ्चम भावमा प्रवेश गर्ने केतुले प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको परिचालनमार्फत मनग्गे लाभ लिन सकिनेछ । कूटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समयले साथ दिने हँुदा नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । 

वर्षभरी नै (विद्या, बुद्धि, सन्तान) भावमा गोचर गर्ने शनिले मानसिक अस्थिरता बढ्नेछ भने योजनाहरू कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । सन्तान तथा आफन्तसँग मतभेद रहनेछ । स्वास्थ्यमा नसा तथा ग्यास्ट्रिकसम्बन्धी समस्याले सताउनेछ । रातोपाटी । अध्ययनमा मन जाने भए पनि शनिको प्रभावले भनेजस्तो नतिजा आउनेछैन । राशि स्वामी सूर्य पौष महिनाभरि शनिसँग पञ्चम भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउनेछ  ।

वृहस्पतिको नकरात्मक प्रभावबाट बच्न देवी तथा बङ्गलामुखीको पूजा तथा आराधना गर्ने शनिदेवलाई खुसी पार्नका लागि विणुको पूजा तथा आराधना, पीपलमा जल चडाउने, राहु तथा केतुको लागि भैरवको दर्शन तथा आराधना गर्नुपर्छ । आर्थिक दृष्टिले जेठ, असार, भाद्र, कात्तिक र माघ महिना राम्रो रहेको छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पा) 

कन्या राशि हुनेका लागि समग्रमा यो वर्ष राम्रो रहेको छ । आश्विन १९ गतेसम्म धनस्थानमा र आश्विन १९ गतेपछि पराक्रम भावमा जाने वृहस्पतिले समाजसेवा तथा राजनीति गर्नेहरूले जनताको गतिलो समर्थन पाउनेछन् भने राज्यबाट पद पाउने अधिक सम्भावना रहेको छ । काउन्सेलिङ, मोटिभेसन, गाएन तथा सङ्गीतको क्षेत्रबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । साङ्गीतक कार्यक्रमकै सिलसिलामा देश विदेशको यात्रा हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । व्यापार व्यावसायमा समय खर्चिनेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । कुनै पनि काम गर्न जोस जागर आउने तथा इच्छाशक्तिमा वृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरूलाई विवाहमा परिणत गरी घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाइने हुनाले मन प्रशन्न रहनेछ । 

फागुन ९ गतेसम्म लाभस्थानमा गोचर गर्ने राहुले र पञ्चम भावमा गोचर गर्ने  केतुले अकस्मात धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ भने इष्टमित्रहरूबाट सहयोग प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरी प्रशस्त आम्दानी गर्न सकिने तथा सरकारी धन तथा सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइ तथा छिमेकीबाट तपाईंको थाल्नु भएको काम र चाल्नु भएको कदममा साथ रहनेछ । विवादित विषयलाई टुङ्ग्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरू तपार्इंकै पक्षमा हुनेछन् । फागुन १९ पछि कर्म स्थानमा प्रवेश गर्ने राहुले र सुख भावमा  जाने केतुले मान सम्मानमा अकस्मात वृद्धि हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतिर रुचि बढ्नेछ भने भूमि लाभ हुनेछ । रातोपाटी ।

फागुन १९ पछि सुख भावमा प्रवेश गर्ने वृहस्पति र वर्षभरी नै सुख भावमा गोचन गर्ने शनिको अढैयाको प्रभावका कारण सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । यात्राका सवालमा केही कष्ट बेहोर्नुपर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद हुने योग रहेको छ । राज्यबाट सेवा प्रभाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् तर जन्म कुण्डलीमा शनि उच्च, स्वागृह तथा ३, ६, ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ । रातोपाटी ।

राशि स्वामी बुध जेठ २६ गतेबाट असार ११ गतेसम्म कर्मस्थानमा स्वगृह भएर भद्र योगको निर्माण र असोज ३ गतेबाट असोज १९ गतेसम्म लग्न भावमा प्रवेश गरी पुनः भद्र योग र बुध आदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाइने योग रहेको छ । कन्फिडेन्ट पावमा वृद्धि हुनेछ भने बोलेरै धेरै काम गर्न सकिनेछ । जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरू फलदायी रहनेछन् । आर्थिक दृष्टिकोणले असार, साउन, मङ्सिर तथा फागुन राम्रो रहनेछ । 

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, त) 
यो वर्ष तुला राशि हुनेहरूका लागि उत्साहजनक वर्ष रहनेछ । वर्षभरि नै पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यावसायमा सूक्ष्म व्यावस्थापन तथा समयको सदुपयोग गर्दै लगानी गर्ने वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेको छ । रातोपाटी । न्यालय फाइनान्स, चार्टर एकाउन्टेन, मेडिकल र वकालत पेसा व्यावसायमा समय लगानी गर्नेका लागि समय फलदायी रहनेछ । छिमेकी तथा दाजुभाइबाट सहयोग तथा समर्थन पाइने हुनाले मन प्रसन्न रहनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश विदेशको यात्रा गर्न सकिनेछ । 

फागुन ९ गतेसम्म राज्यभावमा गोचर गर्ने राहु र सुख भावमा गोचर गर्ने केतुले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । साङ्गठनिक विस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा देश विदेशको यात्रा हुनेछ । कूटनीतिको कारक राहु स्वयम् राज्यभावमा गोचर गर्ने हुनाले राजदूत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाइने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । त्यस्तै सुख भावमा गोचर गर्ने केतुले घर जग्गा, हाउजिङ, ढुङ्गा माटो वा कन्ट्रक्सनको क्षेत्रमा समय लगानी गर्नेहरूका लागि अकस्मात धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । कीर्तिमानी काम गरी प्रसिद्धि कमाउन सकिनेछ भने मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सवारीसाधन तथा भूमि प्राप्तिको गतिलो सम्भावना रहेको छ । फाग्गुन ९ गतेपछि भाग्यभावमा प्रवेश गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्इंको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुँदा सानो सानो प्रयत्नले सकारात्मक तथा उपलब्धिमूलक कामहरू हुनेछन् । 

आश्विन १९ गतेसम्म प्रथम भावमा गोचर गर्ने वृहस्पतिले कामहरू समयमा नसकिने तथा विलम्ब हुने हुनाले मान सम्मानमा कमी हुनेछ । नीतिनियम नमान्दा वा नियम सङ्गत काम नगर्दा राज्यबाट दण्ड तथा जरिजाना हुनेछ । आश्विन १९ गतेपछि फागुन १९ गतेसम्म धन स्थानमा रहने वृहस्पतिले परिस्थिति अनुकूल बन्ने तथा भाग्ले साथ दिनेछ । स्कुल, कलेजत तथा वित्तीय क्षेत्रमा गरिएको लागानी फस्टाएर जानेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरी घरजम गर्न सकिनेछ । रातोपाटी ।

राशि स्वामी शुक्र वैशाख ६ गतेबाट वैशाख ३० गतेसम्म अष्टम भावमा स्वगृह भई बस्ने हुुनाले नसोचेको धन तथा सम्पत्ति लाभ हुनेछ । चिट्ठा पर्ने तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फेन्सी तथा विलाशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । साउन १६ गतेबाट भाद्र १७ गतेसम्म र कात्तिक ६ गतेबाट मङ्सिर १२ गतेसम्म खर्चभावमा निचो भएर गोचर गर्ने शुक्रले उपचार खर्च बढ्ने तथा कष्टकर यात्रा पनि हुन सक्छ ध्यान दिनुहोला । रातोपाटी । भाद्र १८ गतेबाट कात्तिक ५ गतेसम्म र मङ्सिर १३ देखि पौष १७ गतेसम्म प्रथम भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पत्ति तथा बिलाशि वस्तुको प्रयोग तथा परिचालन गरी आर्थिक अवस्था मजबुत पार्न सकिनेछ । घर जग्गा तथा सवारी साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ माङ्गलिक कार्य हुनेछ । 

आर्थिक दृष्टिकोणले साउन, भदौ, पुस तथा चैत अनुकूल रहेको छ । प्रतिकूल समयमा देवी तथा बङ्गलामुखीको दर्शन, पूजा तथा आराधना तथा वृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) 
यो वर्ष पूर्वाद्धको समय सङ्घर्षमय रहे पनि उत्तराद्र्धको समय उत्साहजनक रहनेछ । आश्विन १९ गतेसम्म खर्च भावमा गोचर गर्ने वृहस्पतिले लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुनेछ । नोकरीमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या देखिने हँुदा उपचार खर्च बढेर जानेछ भने आँखामा समस्या आउनेछ । विशेषगरी कोल्डस्टोर, कलेजो, जण्डिस तथा सुगर रोग भएकाहरूले सचेत रहनु होला । माया प्रेममा एकअर्कालाई शङ्काको नजरले हेर्दा नचाहँदा नचाहँदै छुट्नुपर्ने अवस्था आउँनेछ । आश्विन १९ गतेपछि फागुन १९ सम्म जन्म राशिमा वृहस्पतिको आगमनले सुधारका सङ्केतहरू देखिनेछन् । फागुन १९ गतेपछि धनस्थानमा जाने वृहस्पतिले व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । स्कुल कलेज, बैङ्क तथा वित्तीय क्षेत्र, न्यायिक निकाय, एकाउन्टेन जस्ता क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहको छ ।

फागुन ९ गतेसम्म भाग्यभावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले विभिन्न अवसर आउने र ती अवसरलाई सदुपयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा पदोन्नतिको वा अनुकूल ठाउँमा स्थानान्तरण हुनेछ । प्राकृतिक तथा सरकारी स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा कूटनीतिक क्षेत्रमा समय खर्चिनेहरूका लागि देश तथा जनताकै कामको लागि देश विदेशको यात्रा हुनेछ भने राजदूत, एनजीओ, आईएनजीओ, विदेशबाट सञ्चालित संस्थाहरूमा नियुक्ति तथा स्थानान्तरण हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ उद्योगधन्दा तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा भूमि जोड्ने समय आउँनेछ । कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने नवीन कार्यमा मन जानेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने छोटो छोटो यात्रा अधिक हुनेछ । फागुन ९ गतेपछि कष्टभावमा जाने राहु र धन भावमा जाने केतुले अकस्मात धन सम्पत्ति वृद्धि हुने योग रहे पनि भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा विशेष ख्याल गर्नुहोला । 

वर्षभरी नै शनिको अन्त्य साढेसाती दशाको कारणले आर्थिक अवस्था कमजोर रहनेछ भने काममा विलम्ब हुनेछ । झुटा आरोप लाग्ने तथा मानसम्मानमा कमीको महसुुस हुनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दूरी बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । हतियार तथा दुर्घटना भई चोटपटक लाग्नेछ भने दाजुभाइ तथा जीवनसाथीसँग मनमुटाव बढ्नेछ । तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा ३, ६, ११ भावमा भए काम तथा अध्ययनको सिलसिलामा देशविदेशका यात्रा हुनेछ । आर्थिक दृष्टिकोणले वैशाख, भाद्र, असोज, माघ महिना अनुकूल रहेको छ । बङ्गालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) 
धनु राशि भएका व्याक्तिहरूलाई पूर्वाद्र्ध तथा मध्यकाल उत्साहजनक रहे पनि उत्तराद्र्धको समय केही सङ्घर्षमय रहनेछ । आश्विन १९ गतेसम्म आयभावमा गोचर गर्ने वृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । विद्यार्थी वर्गले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्र्धीलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देशविदेशको यात्रा हुनेछ । मायाप्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । लामो दूरीको धार्मिक यात्रा हुनेछ भने परोपकारजन्य काममा सहभागी भइनेछ । प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत प्रशस्त रुपियाँ पैसा कमाउन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामना पूरा हुनेछन् । आश्विन १९ गतेपछि खर्च भावमा जाने वृहस्पतिले स्वास्थ्यमा समस्या आउनेछ । कोल्ड स्टोर, जन्डिस, कलेजो तथा मोटोपन भएका व्यक्तिले विशेष ख्याल गर्नुपर्नेछ । फागुन १९ गतेपछि जन्मराशिमा प्रवेश गर्ने वृहस्पतिले व्यापार तथा नोकरीमा विघ्न बाधाको सामना गर्नुपर्नेछ भने राज भए र मानसिक क्लेस बढ्नेछ । खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ ।

वर्षभरी नै शनिको मध्य साढेसातीको प्रभाव रहनेछ । जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । जन्मकुण्डलीमा शनि स्वगृह, उच्च तथा मित्रगृहमा हुनेहरूका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ । फागुन ९ गतेसम्म अष्टम भावमा गोचर गर्ने राहु र धनभावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अचानक दुर्घटना, चोट पटक, रोगले सताउनेछ । फागुन ९ गतेपछि सप्तमभावमा जाने राहु र राशिभावमा जाने केतुले अचानक व्यापार व्यावसायमा वृद्धि हुनेछ भने लामो दूरीको मनोरञ्जानात्मक तथा व्यापारिक यात्रा हुनेछ । साझेदारी व्यावसायमा समय लगानी गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्ने समय रहेको छ । लामो समयदेखिको प्रेम सम्बन्धमा भने माया प्रेममा एकअर्कालाई अविश्वास तथा शङ्का गर्नाले नचाहँदा नचाहँदै छुट्टिनुपर्ने बाध्यता आउनेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । 

साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चडाउँदा फाइदा हुनेछ । वृहस्पतिका लागि माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरूले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेठ, असोज, कात्तिक तथा फागुन महिना राम्रो रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) 
मकर राशि हुनेहरूका लागि समग्रमा समय राम्रो रहेको छ । आश्विन १९ गतेसम्म राज्यभावमा र फागुन १९ गतेसम्म आए भावमा गोचर गर्ने वृहस्पतिले वृहस्पतिले राजनीति तथा समाज सेवामा समय खर्चिनेहरूले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले साथ दिने हुँनाले सानो प्रयत्नले ठूलो काम बन्नेछ । व्यापार व्यावसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपियाँ पैसा कमाउन सक्नेछन् भने लगानी बढाउने अवसर जुट्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रका प्रगति हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर जग्गा तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । नयाँ कामको खोजीमा रहेकाहरूले नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । मायाप्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवनसाथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ । फागुन १९ गतेपछि खर्चभावमा जाने वृहस्पतिले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । दीर्घकालीन रोगीहरूले विशेष ख्याल गर्नुपर्ने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 
कुम्भ राशी हुनेहरुका यो वर्ष उत्साहपूर्वक बित्नेछ । आष्विन १९ गतेसम्म भाग्यभावमा र फाल्गुन १९ सम्म राज्यभावमा र फाल्गुन १९ पछि लाभ स्थानमा गोचर गर्ने बृहस्पतिले राजनिति तथा कुटनितिको क्षेत्रमा लामो समयदेखि काम गर्नेहरुले राज्यबाट कार्यकारी पद प्राप्तीको योग रहेकोछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सानो प्रयत्नले ठुलो काम बन्नेछ भने राज्यबाट मान सम्मान तथा ईज्जत प्रतिष्ठा पाईनेछ । कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा इन्सुरेन्समा जस्ता क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । पैतृक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकाहरु तथा सुयोग्ग बर तथा बधुको लगन गाँठो कसिनेछ । मातृभुमि छोडेर लामो दुरिको फाइदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने पुत्र लाभको गतिलो सम्भावना रहेको छ ।

फाल्गुन ९ गतेसम्म सत्रु भावमा गोचर राहु र खर्च स्थानमा गोचर गर्ने केतुले मनमा अशान्ति पैदा गर्नेछ भने आँखा तथा स्वास्थसम्बन्धि समस्या निम्त्याउनेछ । पुराना रोगहरु बल्झने तथा दीर्घकालसम्म चल्ने रोग लाग्न सक्छ ध्यान दिनुहोला । मामा तथा मावली पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछैन । फाल्गुन ९ गतेपछि राहु पञ्चम भावमा र केतु आए भावमा प्रबेश गर्ने हुनाले धन तथा सम्पतिमा अचानक बृद्धि हुनेछ । शेयर बजार, लट्रि तथा सट्टाको कारोबार एक्काशी बढ्नेछ । भाग्य तथा आएमा बृद्धि भई आर्थिक अवस्था मजबुत रहनेछ ।
 
वर्षभरिनै शनी अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टामार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । बिदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागि समय उत्तम रहेकोछ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाइने तथा स्त्री बर्गबाट सहयोग पाईनेछ । 

आर्थिक दृष्टिकोणले बैसाख साउन मंसिर, पौस महिना उत्कृष्ट रहेको छ । बिधिपूर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यो वर्ष मीन राशि हुनेहरुका लागि सुरुको समय संघर्ष मय रहेपनि अन्तको समय भने उल्लाशमय रहनेछ । आष्विन १९ गतेसम्म कष्ट भावमा रहने बृहस्पतिले स्वास्यमा समस्या आई अत्याधिक खर्च हुनेछ । भौतिक सम्पतिमा बिवाद आउनुको साथै परिवारजनसँग टाढिएर लामो दुरिको कष्टकर यात्रा हुनेछ ।  व्यावहारिक समस्या बढ्नेछ भने ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । बिधिबिधानपूर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ । आष्विन १९ गतेपछि भाग्यभावमा र फाल्गनु १९ गतेपछि राज्य भावमा जाने बृहस्पतिले खोज तथा अनुशन्धानकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनिति तथा कल्याणकारि क्षेत्रमा समय लगानि गर्नेहरुले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुबिधा पाउने ग्रहयोग रहेकोछ । राज्यको निकाएमा बसेर काम गरिरहेका हरुले अनुकुल स्थानमा सरुवा तथा कार्यकारि पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेशा व्यावसायमा समय खर्चिने हरुले मनग्गे आम्दानी गर्न सक्नेछन् । विवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ भने लामो समय देखि प्रेममा रहेकाहरुले आफ्नो सम्बन्धलाई आत्मियता थप गर्ने अवसर प्राप्त हुनेछ ।
 
फाल्गुन ९ गतेसम्म पञ्चम भावमा गोचर गर्ने राहु र लाभ आउने केतुले अचानक धन तथा दौलतको बृद्धि गर्नेछ भने चिठ्ठा तथा उपहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिदेशी तथा कुटनितिको क्षेत्रमा रहि काम गर्नेहरुले नया प्रकृतिको काम गरि मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ । फाल्गुन ९ पछि सुख भावमा प्रबेश गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुेले बसाई सराई तथा मातृभुमि छोडि अन्य स्थानमा स्थानान्तरण हुने योग रहेकोछ भने जागरि तथा व्यावसायमा अलि बढि चनाखो भएर काम गर्नु पर्नेछ ।
 
वर्षभरिनै राज्य भावमा गोचर गर्ने शनिले नोकरि तथा कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय भएपनि उनिहरुका नकारात्मक सोचाई तथा गलत क्रियाकलापहरुलाई चिर्दै सुधारमुखि काम गर्न सकिनेछ । कामहरुमा बिलम्ब भएपनि अन्तत प्रतिफल भने उत्साहमुखि हुनेछ । नचाहादा नचाहादै मुद्दा मामिला जस्ता विवादास्पद बिषयमा सहभागि हुनु पर्ने भएपनि अन्तत छुट्कारा पाईनेछ । 
आर्थिक दृष्टिकोणले जेष्ठ, भाद्र, पौस र माघ महिना उत्कृष्ट रहेका छन् । विधिर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा,आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप