मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

एनिमलको केही दृश्यमा सनी देओलको आपत्ति

शुक्रबार, २९ मङ्सिर २०८०, १७ : ४७
शुक्रबार, २९ मङ्सिर २०८०

नयाँ दिल्ली । संदीप रेड्डी वांगाको निर्देशनमा बनेको फिल्म एनिमलले बक्स अफिसमा एकपछि अर्को रेकर्ड तोडिरहेको छ । फिल्म विश्वभर ८ अर्ब भारु कमाउने बाटोमा छ । 

रणवीर कपुर र रश्मिका मन्दनाको शीर्ष भूमिका रहेको यो फिल्ममा बबी देओलले खलपात्रको भूमिका निर्वाह गरेका थिए । फिल्ममा जम्माजम्मी गरेर बबीको जम्मा १५ मिनेटका भूमिका छ ।

बोल्न नसक्ने पात्रको भूमिका निर्वाह गरेका बबीको फिल्ममा अभिनयको निकै तारिफ भइरहेको छ । यो फिल्ममा बबीको चर्चा सुनेर उनका पिता बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र मख्ख छन् । फिल्ममा आफ्नो भाइको कामलाई सनी देओलले पनि निकै मन पराएका छन् । भाइको अभिनय देखेर आफूलाई गर्व लागेको उनले बताएका थिए । तर फिल्मको केही दृश्यमा भने उनले आपत्ति जनाएका छन् ।

प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)सँग कुराकानी गर्ने क्रममा उनले एनिमल हेरेको बताए । उनलाई यो फिल्म पनि मन पर्‍यो । भाइका लागि उनी खुसी पनि छन् । ‘एनिमल राम्रो फिल्म हो । तर फिल्ममा यस्ता केही चिज थिए, जो मलाई मन परेन । यी सिनहरु म कुनै पनि फिल्ममा मन पराउँदिन थे, चाहे यो मेरै फिल्ममै किन नहोस्,’ उनले भने । व्यक्तिगत रुपमा फिल्मलाई मन पराउने वा मन नपरायने अधिकार आफूलाई भएको पनि उनले बताए ।

तर समग्रमा भने फिल्म शानदार भएको बताइएको छ । फिल्मको संगित पनि राम्रो थियो । ‘बबी सधैं बबी नै रहे । तर उनी अब लर्ड बबी भइसकेका छन्,’ सनीले भनेका छन् । सनी र बबी दुबैले एक अर्कालाई निकै सपोर्ट गर्छन् । एक अर्कालाई सपोर्ट गर्ने कुनै पनि मौका देओल दाजुभाई खेर फाल्दैनन् । यिनीहरूबिचको बन्डिङलाई फ्यानहरूले पनि निकै रुचीका साथ हेर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप