कहिल्यै चुरोट नखानेलाई पनि हुन्छ फोक्सोको क्यान्सर ?
काठमाडौँ । केही दिनअघि अमेरिकी टिभी शो ‘द बिग बैंग थ्योरी’ मा लुसीको भूमिका निभाएकी अभिनेत्री केट मिकुसीले एउटा टिकटक भिडियोमा आफूलाई फोक्सोको क्यान्सर भएको बताइन् । जीवनभर चुरोटको एउटा खिल्ली समेत नतानेकी केटलाई फोक्सोको क्यान्सर भयो ।
विश्वभर पछिल्ला वर्षहरूमा धूम्रपान नै नगर्नेहरूलाई पनि फोक्सोको क्यान्सर भइरहेको छ । यसमा महिलाको सङ्ख्या धेरै छ ।
सन् २०२३ मा जर्नल अफ थोरेसिक अंकोलोजीमा छापिएको इन्टरनेशनल एसोसिएसन फर द स्टडी अफ लङ्ग क्यान्सर अर्ली डिटेक्शन एन्ड स्क्रीनिङ कमिटीको एउटा रिपोर्टमा के भनिएको थियो भने धूम्रपान घटिरहेको भए पनि सन् २००७ पछि विश्वभर फोक्सोको क्यान्सरका कारण मृत्यु हुनेको दर ३० प्रतिशतले बढेको छ । त्यसो भए धूम्रपान नगर्नेलाई पनि फोक्सोको क्यान्सर हुन्छ ? भन्ने प्रश्न अगाडि आएको छ । पछिल्लो समय फोक्सोको क्यान्सर बढ्नुको पछाडि तीन ठूला कारण देखिएका छन् ।
वायु प्रदूषण
फोक्सोको क्यान्सर र वायु प्रदूषणबिच गहिरो सम्बन्ध छ । अहिले फोक्सोको क्यान्सरको सबैभन्दा ठुलो कारण धूम्रपान नभएर वायु प्रदूषण बनेको छ । कतै कतै त वायु प्रदूषण यति डरलाग्दो स्तरमा पुगेको छ कि त्यस्तो ठाउँमा बस्नु नै २०–२५ खिल्ली चुरोट खाएजस्तै हानिकारक हुन्छ ।
वायु प्रदूषण बढ्दै जाँदा क्यान्सरका बिरामी र क्यान्सरका कारण मर्नेको सङ्ख्या पनि बढिरहेको छ । प्रदूषणमा खराब वायु स्तर, सवारी साधनको धुवाँ, उद्योग र कल–कारखानाबाट हुने प्रदूषण मात्रै पर्दैन । घरभित्र खाना पकाउँदा उत्पन्न हुने धुवाँ, कोठा वा ज्यान तताउन बालिने कोइला, गुइँठाबाट निस्कने धुवाँ आदि पनि पर्छन् ।
प्यासिभ स्मोकिङ
धूम्रपानका कारण क्यान्सर हुन्छ भन्नु नौलो कुरा होइन । यो त सबैलाई थाहा भएकै कुरा हो । तर पछिल्लो समय धूम्रपान नगर्ने मानिसमा पनि क्यान्सर देखिनुको अर्को कारणचाहिँ प्यासिभ वा सेकेन्ड ह्यान्ड स्मोकिङ पनि हो । तपाईँ चुरोट खानु हुन्न । तर घर वा कार्यालय वा अन्यत्र तपाईँ आसपास भएको बेलामा अरूले खाएको धुवाँमा तपाईँले सास फेरिरहनुभएको हुनसक्छ । यस्तो धुवाँ तपाईंको स्वास्थ्यका लागि ठिक हुन्न । चुरोट पिउने मान्छेले त धुवाँ बाहिर फ्याँकिदिन्छन् । त्यो धुवाँ तपाईँले निल्नु हुन्छ । त्यसैले चुरोट खानेलाई भन्दा नखाने प्यासिभ स्मोकरलाई क्यान्सरले समातिसकेको हुन सक्छ ।
जेनेटिक लिङ्क
फोक्सो क्यान्सरको तेस्रो ठुलो कारण आनुवंशिक रोग पनि हो । परिवारका कोही सदस्यमा फोक्सोको क्यान्सर छ भने अन्य सदस्य पनि यसको चपेटामा पर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे