प्रजनन रोग विशेषज्ञ डा पाण्डेलाई अवार्ड

काठमाडौं । प्रजनन रोग विशेषज्ञ डा अस्मिता पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छन् । शनिबार नयाँदिल्लीमा भएको इण्डियन फर्टिलिटी सोसाइटी (आईएफएस)को १९ औं वार्षिक कंग्रेसमा डा पाण्डेले ‘आईएफएस योङ एचिभर्स’ अवार्ड हात पारेकी हुन् ।
वात्सल्य आईभीएफ सेन्टरकी उनले इण्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने उक्त अवार्ड पाएकी हुन् । प्रजनन स्वास्थ्य अनुसन्धान, लेखन र सम्पादनजस्ता एकेडेमिक काममा खेलेको भूमिका कारण उनले उक्त अवार्ड हात पारेको बताइएको छ ।
डा। पाण्डे अमेरिकन कलेज अफ अब्स्टेटेरिसियन एण्ड गाइनोकोलोजिष्टको ‘द ग्रीन जर्नल’ र युरोपियन सोसाइटी अफ ह्युमन रिप्रडक्टसन एण्ड इम्ब्रोलोजीको ‘ह्युमन रिप्रडक्सन’ जर्नल सम्पादकीय टिममा रहेर अनुसन्धानात्मक लेखहरु सम्पादनमा पनि सक्रिय छन् । अवार्ड हात पारेपछि आफूलाई खुसी लागेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ