रामध्वजलाई आक्रमण गर्नेमाथि तत्काल कारवाही गर्न चितवन माओवादीको आग्रह
शुक्रबार, २९ मङ्सिर २०८०, १५ : ५०

काठमाडौं । नेकपा(माओवादी केन्द्र) चितवनले बागमती प्रदेश समिति सचिवालय सदस्य रामध्वज डल्लाकोटी(विवेक)लाई बिहीबार कुटपिट गरी घाइते बनाएकोमा आपत्ति जनाएको छ । शुक्रबार चितवनका संयोजक रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई तुरुन्त कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेको छ ।
‘मंसिर २८ गते बेलुका बाईकमा आएको ४/५ जनाको समुहले बाटो छेकी ज्यान मार्ने उद्धेश्यका साथ आक्रमण गरी घाईते बनाएको घटनाले हामी र हाम्रो पार्टी लाई गम्भीर बनाएको छ । उक्त घटनामा संलग्न आक्रमणकारी अपराधी लाई तुरुन्त कानुनी कार्वाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार र सीआईबीको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
-
आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ
-
कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
-
पिटर र गियोङ्गमिन पार्कलाई एसिया ट्राइयाथलन कप उपाधि
-
स्याललाई हात्ती बनाएपछि