महिला फुटबल समर्थकलाई पुरुषहरुको खेल हेर्न रंगशाला प्रवेशको अनुमति

काठमाडौँ । इरानका महिला फुटबल समर्थक यतिबेला अन्तर्राष्ट्रिय समाचारको विषय बनिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इरानका महिला समर्थकहरुको तस्बिरसहितको समाचार प्रकाशित गरिरहेका छन् ।
खासमा इरानमा महिला फुटबल समर्थकलाई पुरुषहरुको खेल हेर्न रंगशाला प्रवेशमा रोक लगाइँदै आएको छ । फुटबलमात्र होइन, इरानका महिलाले रंगशालामा उपस्थित भएर पुरुषहरुको अन्य खेलकुद प्रतियोगिता पनि हेर्न पाउँदैनन् ।
तर, बिहीबार राति आयोजित पुरुषहरुको एक फुटबल प्रतियोगिता हेर्न महिला समर्थकलाई पनि रंगशाला प्रवेशको अनुमति दिइएको थियो । यसलाई इरानका महिला फुटबल समर्थकले महत्त्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् ।
उनीहरुले लामो समयदेखि आफूहरुले पनि रंगशालामा उपस्थित भएर खेलकुद प्रतियोगिता हेर्न पाउनु पर्ने माग राख्दै आएका थिए । यस्तो अभियान चलाउने महिलाहरुको एउटा समूहले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मा महिला समर्थकले रंगशालामा उपस्थित भएर फुटबल खेल हेरिरहेको तस्बिर पनि सार्वजनिक गरेका छन् ।
त्यो तस्बिरमा तीनजना महिला समर्थकलाई देख्न सकिन्छ । महिला समर्थकले तेहरानस्थित आजादी स्टेडियममा उपस्थित भएर तस्बिर खिचाएका छन् । उनीहरु आजादी स्टेडियममा खेलाइएको पर्सिपोलिस र स्टेघलालबिचको खेल हेर्न गएका थिए । त्यो खेलमा करिब तीन हजार टिकट महिला समर्थकका लागि छुट्याइएको थियो ।
‘समानताको खोजीमा रहेका हामी अधिकारकर्मीका लागि यो ऐतिहासिक क्षण हो । आगामी दिनमा पनि यसले निरन्तरता पाउनु पर्छ,’ महिला अधिकारकर्मीहरुद्वारा सामाजिक सञ्जालमा गरिएको पोष्टमा भनिएको छ ।
महिला अधिकारकर्मीको यो अभियानमा विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनोले पनि सहयोग पु¥याएको समाचारमा जनाइएको छ । महिला फुटबल समर्थकका लागि रंगशालाको ढोका खुला गरिएकोमा फिफा अध्यक्षले पनि खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा