बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ समिति बैठक

प्रस्तावित न्यायाधीश मुसलमानको प्रतिबद्धता : लोकतान्त्रिक प्रक्रियाको कसी जाँच्ने अङ्ग न्यायपालिका

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : ५२
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानमाथि संसदीय सुनुवाइ भइरहेको छ । प्रस्तावित न्यायाधीश सारंगा सुवेदीमाथिको सुनुवाइपछि मुसलमानमाथि सुनुवाइ भएको हो । सिंहदरबारमा भएको सुनुवाइमा प्रस्तावित न्यायाधीश मुसलमानले १० पेज लामो कार्य योजना पेश गरेका छन् ।

उनले न्यायपालिकाप्रतिको जनआस्थाको अभिवृद्धि नै आजको आवश्यकता भएको भन्दै राज्यका ३ अङ्गमध्ये न्यायपालिकाको एक कर्मठ सदस्यको रूपमा आफूलाई पहिचान गराउन विगत देखि पुनरावेदन अदालत, उच्च अदालत र मुख्य भई काम गर्ने अवसर प्राप्त गरेको स्मरण गराएका छन् । साथै उनले आफू सर्वोच्चको न्यायाधीश भए न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

‘लोकतान्त्रिक प्रक्रियाको कसी जाँच्ने अङ्ग न्यायपालिका हो । लोकतान्त्रिक पद्धतिलाई मजबुत एवं सुदृढ गर्ने यन्त्र पनि न्यायपालिका हो’, मुसलमानले भनेका छन्, ‘न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीश र कर्मचारीको कर्तव्य हो ।’

त्यस्तै न्यायपालिका स्वतन्त्र, निर्भीक, पारदर्शी र जनताप्रति जबाफदेही हुनुपर्ने कुरामा आफ्नो विश्वास रहेको बताएका छन् । न्यायपालिकाको हरेक काम कारबाहीप्रति जनताले स्वच्छ आलोचना गर्न पर्दछ भन्नेमा विश्वास रहेको उनको भनाइ छ । 

यस्तो छ कार्ययोजना-

12345678910

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?