ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो हङ्गेरीले रोकिदियो

ब्रसेल्स । हङ्गेरीले यूरोपेली संघ (ईयू)ले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो बराबरको सहायता रोक्का गरिदिएको छ । सदस्य देशहरूबिच युक्रेनलाई अतिरिक्त रकम उपलब्ध गराउने सहमति भएको केही घण्टा नबित्दै रकम परिचालन रोक्का भएको हो ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले भिटो प्रयोग गरेर रकम रोकिदिएका थिए । सहायतासम्बन्धी वार्ता आगामी वर्षको सुरुमा सुचारु हुने ईयूका नेताहरूले बताएका छन् । ईयूका नेताहरूले मोल्डोभा र युक्रेनलाई सदस्यता दिनेसम्बन्धी वार्ता सुरु गर्ने र जर्जियालाई सदस्यता हैसियत दिने निर्णय गरेको केही बेरमा ओर्बानले सहायता रोक्काको घोषणा गरे ।
रुससँग हङ्गेरीको निकट सम्बन्ध छ । युक्रेनलाई सदस्यता दिने कुराको यसले लामो समयदेखि विरोध जनाउँदै आएको छ । यस कदमको विरुद्ध उसले भिटो भने प्रयोग गरेन ।
ओर्बान केही समयका लागि वार्ता कक्षबाट बाहिर गएका थिए । वार्तालाई अधिकारीहरुले पूर्व–सहमत र रचनात्मक बताएका थिए । तर वार्ता कक्षमा फेरि आएपछि उनले रकम जारी गर्ने निर्णयविरुद्ध भिटो लगाइदिए ।
युक्रेनसँग आगामी केही हप्तासम्म पैसाको अभाव नभएको र आफूहरुसँग केही समय बाँकी नै भएको डच प्रधानमन्त्री मार्क रुटेले भनेका छन् । युक्रेन रुस विरोधी युद्धका लागि आवश्यक रकम जुटाउन ईयू र अमेरिकी फन्डिङमा निर्भर छ । अमेरिकामा पनि युक्रेनलाई दिने भनिएको सहायता रकमसम्बन्धी वार्ता रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवामा विश्वशान्तिको कामना गर्दै मनाइयो हनुमान् जयन्ती
-
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा