हाम्रो स्वास्थ्यको तीन परम शत्रु
काठमाडौँ । अहिले विश्वभरका डाक्टरहरूबिच नयाँ बहस चलिरहेको छ । एकातर्फ केही डाक्टर रोग निको पार्न औषधि र उपचार पद्धतिको प्रयोगमा जोड दिइरहेका छन् । अर्काथरी डाक्टरहरू भने खानपानबाटै कयौँ रोगको उपचार सम्भव छ भनेर भनिरहेका छन् । जसले जे भने पनि सही भोजनले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्छ भन्नेमा कसैको पनि दुई मत नहोला । पछि औषधि उपचारमा भए भरको सम्पत्ति लगाउनु भन्दा रोग लाग्नु अघि नै उपर्युक्त भोजनमा खर्च गरियो भने क्यान्सर, हर्ट अट्याक र मधुमेह जस्ता रोगबाट बच्न सकिने धारणा पनि सुन्न पाइन्छ । हालै एक्सिस माई इन्डियाको एउटा सर्वेक्षणले भने केही अरू नै बताएको थियो । सर्वेक्षणअनुसार ४४ भारतीयहरूको औषधि उपचारमा खर्च बढेको छ । १६ प्रतिशत भारतीयहरूको गैर जरुरी खर्च बढेको छ ।
औषधि उपचारमा हुने खर्चलाई कम गर्न सकिन्छ ?
सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमीको एउटा सर्वेक्षणका अनुसार भारतीयहरूले स्वास्थ्यमा गर्ने कूल खर्चको करिब ४८ प्रतिशत हिस्सा औषधि र उपचारमा गर्छन् । ४५ प्रतिशत हिस्सा भने फिटनेस र सप्लिमेन्टमा गर्छन् । अर्थात् रोगबाट बच्न भन्दा धेरै खर्च रोगको उपचारमा भइरहेछ । जर्नल अफ फ्यामिली मेडिसिन एन्ड प्राइमरी केयरमा छापिएको एउटा अनुसन्धान प्रतिवेदनअनुसार उपचारमा उच्च खर्चका कारण २ दशमलव २ प्रतिशत भारतीयहरू गरिबीको रेखामुनि धकेलि रहेका छन् । स्वास्थ्य बिमामा सहभागी नहुनु अनि स्थिति बिग्रिसकेपछि मात्रै उपचार गर्न जाने प्रवृत्तिका कारण मानिसहरूले भएभरको सम्पत्ति उपचारमा खर्च गर्नु पर्ने स्थिति छ । स्वास्थ्य बिमा र सही खानपानले उपचारमा हुने खर्चलाई कम गर्न सकिन्छ ।
के भोजन औषधि हो त?
उपचारका लागि औषधि चाहिन्छ । यसमा दुई मत छैन । तर पछिल्लो समय विश्वभर भइरहेका अनुसन्धान अनि विज्ञहरूले भने बिमारीसँग खानपानको सिधा सम्बन्ध रहेको बताइरहेका छन् । अमेरिकी बायोकेमिस्ट टी कलिन क्याम्पबेलले आफ्नो पुस्तक द चाइना स्टडीमा यसबारे बताएका छन् । कुपोषित बच्चाहरूलाई प्रशोधित प्याक्ड मिट प्रोटिन दिएपछि उनीहरुमा पेटको क्यान्सर बढेको अनुसन्धानको क्रममा उनले देखे । उनीहरूलाई प्रशोधित प्याक्ड मिट प्रोटिन दिन बन्द गरेपछि क्यान्सर पनि कम हुन लाग्यो । कलिनले गरेको अर्को अनुसन्धानमा पनि प्रशोधित मासुका कारण क्यान्सरको खतरा बढेको पाइएको थियो । यस अघि मानिसहरू पोषणका लागि प्रशोधित मासु जरुरी मान्थे । तर पछि यसको गम्भीर प्रभावलाई हेरेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रशोधित मासुलाई खतरा घोषित गरिदियो ।
स्वास्थ्यको तीन शत्रु
पछिल्लो समय नेपालीहरूको खर्चयोग्य आम्दानी बढेसँगै बाहिरिन खानपिनको क्रम बढेको छ । रेस्टुराँ अनि होटलहरुमा खाने प्रवृत्ति सहरी क्षेत्रका अधिकांश घरपरिवारमा पाइन्छ । प्राकृतिक खानेकुरा भन्दा बजारमा प्याकेटमा आउने खानेकुराको खपत बढेको छ । तर यी खानेकुराहरूमा स्वास्थ्यको दृष्टिले खतरनाक मानिने तत्त्वहरू हुन्छन् ।
उच्च सोडियम
पछिल्लो समय विश्वभर हाइपरटेन्शनको बिरामी बढ्दै छन् । मुटुको रोग लाग्नुमा सबैभन्दा ठुलो हात हाइपरटेन्शनकै हुन्छ । हाइपरटेन्शन उच्च सोडियम वा नुन चर्को भएको खानेकुराका कारण हुन्छ । बाहिरको खानामा नुनको मात्रा निकै धेरै हुन सक्छ । एउटा बर्गरलाई नै लिउ न । बर्गरमा ४०० देखि ५०० ग्रामसम्म सोडियम हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनमा २ हजार ग्रामभन्दा धेरै सोडियमको सेवनलाई हानिकारक बताएको छ । अर्थात् एउटै बर्गर खाँदा दिनभरिको नुनको कोटाको एक चौथाइ अनुपात पूर्ति हुन्छ ।
धेरै चिनी
धेरै चिनी सेवन गर्दा हुन सक्ने खतरा त सबैलाई थाहा छ । तर यसलाई धेरैले बेवास्ता गर्छन् । एउटा २०० एमएलको चिसो पेय पदार्थमा २२ ग्राम चिनी हुन्छ । विश्व स्वास्थ्य संगठनले दिनभरिमा २४ ग्रामभन्दा धेरै चिनी नखान सल्लाह दिएको छ । धेरै चिनी वा गुलियो पदार्थको सेवनले मधुमेह जस्ता रोगको खतरा बढ्न सक्छ । जसले गर्दा समय अगावै बुढ्यौली लाग्ने र स्मरण शक्ति कमजोर हुन थाल्ने स्थिति उत्पन्न हुन्छ ।
हाई स्याचुरेटेड फ्याट
स्वास्थ्यको लागि तेस्रो ठुलो शत्रु हो स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट । होटल रेष्टुराँहरुले एउटै तेललाई खानेकुरा तार्न बारम्बार प्रयोग गर्छन् । यस्ता खानेकुराले मुटु रोगको खतरा बढाउँछ । ट्रान्स फ्याटले क्यान्सर जस्ता रोग निम्तिन सक्ने नेशनल लाइब्रेर अफ मेडिशिनको एउटा अनुसन्धानले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
-
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)