दीपेन्द्रको निर्देशनमा ‘के घर के डेरा : घर नं २’ बन्ने

काठमाडौँ । गत वर्ष रिलिज भएको फिल्म ‘के घर के डेरा’को सिक्वेलको रुपमा ‘के घर के डेरा ः घर नं २’ निर्माण हुने भएको छ । शुक्रवार निर्माण युनिटले एक पोस्टर सार्वजनिक फिल्म घोषणा गरेको हो ।
फिल्मलाई दीपेन्द्र के.खनालले निर्देशन गर्नेछन् भने ‘कर्णाली ब्लुज’ पुस्तकका लेखक बुद्धि सागरको लेखन रहेको छ । फिल्म नयाँ वर्षको तिहारमा रिलिज हुनेछ ।
निर्देशक खनालले फिल्म पुरै सिक्वेल नभएर अर्काे घरको कथामा बन्न लागेको बताए । उनले कथा जे भए पनि फिल्म अर्थपूर्ण बन्ने दाबी गरे । फिल्म लेखन चरणमा भएकोले कलाकार छनौट बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त निर्माणमा बन्न लागेको फिल्म नयाँ वर्षमा छायाङ्कन हुनेछ । निर्देशक खनाल यस अगाडि सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत थापाको कथामा फिल्म ‘मेयर’ बनाउँदै छन् । उनको पाइप लाइनमा ‘आमा २’, ‘पशुपति प्रसाद ३’ र ‘चङ्गा चेट’ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द