यस्तो देखियो टुँडिखेलमा २९ औँ महानगर दिवस (तस्बिरहरु )

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुुक्रबार २९ औं महानगर दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित समारोहमा उपत्यकासहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुसहित विभिन्न क्षेत्रमा व्यक्तित्वहरु सहभागी भए ।
धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा.सन्दुक रुइतलगायत पनि कार्यक्रममा पुगेका छन् । मेयर बालेन साहकी पत्नी सविना काफ्ले मञ्चमा श्रीमान्सँगै बसेकी थिइन् ।
विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति दिइएको कार्यक्रममा नगर प्रहरी, नेपाल प्रहरीलगायतले फौजी कौशल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महानगरपालिकाले समाजमा महत्वपुर्ण योगदान गर्नेहरुलाई कदरस्वरूप सम्मानसमेत गरेको छ ।