मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानविरुद्ध परेको उजुरीमाथिको सुनुवाइ आज

शुक्रबार, २९ मङ्सिर २०८०, ०९ : ०९
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।  

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानविरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद् सचिवालयले जनाएको छ । 

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध  समितिमा हालसम्म दशवटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ । जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप