लिभरपुलको युवा टोली युरोपा लिगमा स्तब्ध
शुक्रबार, २९ मङ्सिर २०८०, ०८ : ३२

ब्रसेल्स । युरोपा लिगको समूह चरणको अन्तिम खेलमा लिभरपुल बेल्जियन टोली युनियन सेन्ट जिलुआससँग पराजित भएको छ । यसअघि नै अर्को चरणमा प्रवेश गरेको लिभरपुल बिहीबार राति भएको खेलमा १–२ गोल अन्तरले पराजित भएको हो ।
युवा टोली मैदानमा उतारेको लिभरपुल खेलको ३२ औँ मिनेटमा मोहामेद आमोराको गोलमा पछि परेको थियो । ३९ औँ मिनेटमा २० वर्षीय जारेल क्वानसाले लिभरपुललाई खेलमा फर्काए पनि पहिलो हाफको अन्त्यमा क्यामरोन पुएर्टासले गोल गर्दै बेल्जियन टोलीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफमा कुनै गोल हुन सकेन । पराजयका बाबजुद ६ खेलबाट १२ अङ्क बटुल्दै लिभरपुल समूह ई को शीर्ष स्थानमा रह्यो । समूहमा टोलुस ११ अङ्कसहित दोस्रो स्थानमा रह्यो । युनियन भने ८ अङ्कसहित तेस्रो स्थानमा सीमित रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल