प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ विद्यावारिधि उपाधि
आइतबार, २५ चैत २०७४, १४ : ४०

नयाँ दिल्ली– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।
उत्तराखण्डको पन्तनगरस्थित जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
सो समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।
ओली आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको छ । तीन दिने भारत भ्रमणका क्रममा ओली शुक्रबार भारत प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’