यी २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध
![यी २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध](https://npcdn.ratopati.com/media/news/cabinet_x7AhP8NOnZ.jpg)
काठमाडौँ । सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हडताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेअनुसार सोको सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
अघिल्लो साता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने गरी सोबारेको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । हरेक ६–६ महिनामा यसबारे नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार आवश्यक निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।