मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिद्वारा ओलीमाथि अस्वाभाविक व्यवहार भयोः एमाले

काठमाडौँ । नेकपा एमालेले मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिले पार्टी अध्यक्ष केपी ओलीमाथि अस्वाभाविक व्यवहार देखाएको प्रतिक्रिया दिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक वक्तव्य जारी गर्दै लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा बिहीबार मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राईले अस्वभाविक व्यवहार गरेको बताएका हुन् ।
सोही विषयमा सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको भन्दै उनले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘अध्यक्ष केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी)भन्ने व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनको वक्तव्यमा भनिएको छ, ‘तथ्य नबुझी अनर्गल प्रचार नगर्न , जनमानसमा भ्रम नछर्न, सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछु।’
घटनालगत्तै प्रहरीले राईलाई नियन्त्रणमा लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय