कोइरीलाई सफाइ र शर्मालाई जन्मकैदको फैसला हुँदा फरारको मुद्दा मुल्तबीमा
काठमाडौँ। सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतले एमालेका निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । यस्तै लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय फैसला भएको छ ।
न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हो । प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको अदालतले जनाएको छ ।
आरोपितमध्ये १९ जना फरार छन् । उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । एमालेका प्रतिनिधिसभा सदस्य कोइरीसहित २८ जनाविरुद्ध २०७२ फागुन २७ मा अदालत जिल्ला महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा दर्ता भएको थियो ।
मधेस आन्दोलन भइरहँदा २०७२ भदौ २५ मा सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए । उनलाई उपचारार्थ जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरिएको थियो ।
अदालतले जन्मकैदको सजाय सुनाएका शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् । यसअघि पक्राउ पुर्जी जारी हुँदा लुकेर २०७५ साउन अन्तिम साता सोझै अदालत आएका उनी साधारण तारेखमा छुटेका थिए । प्रहरीको फरार सूचीमा रहेका बेला प्रदेशसभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला
-
पश्चिमी किनारमा इजरायलको सैन्य कारबाहीमा नौ प्यालेस्टिनीको मृत्यु
-
भारत–पाकिस्तान जर्सी विवादमा आईसीसीको चेतावनी
-
‘ट्रम्पको धम्कीसामु क्यानडा झुक्ने छैन’
-
जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने