शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

बिहीबार, २८ मङ्सिर २०८०, १९ : ४०
बिहीबार, २८ मङ्सिर २०८०

बुटवल । बुटवलमा हुने नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।  आज साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइएको हो । 

बुटवल जेसीजको आतिथ्यमा रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भोलि मङ्सिर २९देखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले बताए । 

बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसँगै भएकाले दुवै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको हो । 

महाधिवेशनमा देशभरका नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् भने मत भार भने १ हजार ४७६ रहेको पोखरेलले जानकारी दिए ।उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ४ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप