जलेर र करेन्ट लागेर दुई जनाको मृत्यु
बिहीबार, २८ मङ्सिर २०८०, १७ : ०७
काठमाडौँ । जलेर र करेन्ट लागेर भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीया कोपिला जोशीको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी महोत्तरी गाउँपालिका-१ सुनखडा गाँउ बस्ने ९० वर्षीया राम कली देवीको घरमा घुर बाली ताप्ने क्रममा बिहीबार बिहान आगलागी हुँदा जलेर घटनास्थलमै मृत्यु भएको छ । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
-
कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक महासङ्घको अनुरोध
-
हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सलको उपाधि
-
प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नभ्याइने
-
‘महाभोज’ टिजरमा पैसाले निम्त्याएकाे पारिवारिक र सामाजिक द्वन्द्व
-
पाकिस्तानमा भ्यान दुर्घटनाः १३ जनाको मृत्यु, २० भन्दा बढी घाइते