१३ दिनमा एनिमलले कति कमायो ?
नयाँ दिल्ली । रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा १३ औँ दिनमा नयाँ रेकर्ड बनाएको छ । बुधवार फिल्मले विश्वभर १४ करोड ६० लाख भारु कलेक्सन गरेको थियो । योसँगै गएको १३ दिनमा फिल्मको कूल कमाई ७ अर्ब ७२ करोड ३३ लाख भारु पुगेको छ ।
तोडियो पीकेको वर्ल्डवाइड कलेक्सनको रेकर्ड
यो कमाइसँगै एनिमलले आमिर खानको पीके फिल्मलाई उछिनेर सबैभन्दा धेरै कमाउने छैटौँ भारतीय फिल्म बनेको छ । अब एनिमलको अगाडि आमिर खानकै सिक्रेट सुपरस्टार छ । यो फिल्मको वर्ल्डवाइड कलेक्सन ८ अर्ब ७५ करोड भारु छ ।
४ अर्ब ६७ करोड पुग्यो फिल्मको घरेलु कलेक्सन
बुधवार एनिमलले भारतभरमा १० करोड रुपैयाँ कमाएको थियो । योसँगै फिल्मको डोमेस्टिक कलेक्सन ४ अर्ब ६७ करोड ८४ लाख भारुमा पुगेको छ । बुधवार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी १६ दशमलव ६० प्रतिशत थियो । अलटाइम डोमेस्टिक कलेक्सनमा एनिमल चौथो स्थानमा छ । लिस्टको तेस्रो स्थानमा सनी देओलको गदर–२ छ ।
यो फिल्मको अलटाइम डोमेस्टिक कलेक्सन ५ अर्ब २५ करोड ४५ लाख भारु छ । गदर–२ को रेकर्ड तोड्न अब एनिमलले घरेलु बक्स अफिसमा थप ५७ करोड ६१ लाख भारु कमाउनुपर्नेछ । फिल्म रिलिज भएको तेस्रो सप्ताहान्तमा एनिमलले राम्रो कमाई गर्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
-
सिरहामा एक युवकको शव फेला
-
यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते
-
विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक : अध्यक्ष दाहाल
-
फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने
-
नेपालीको भान्सामा सबैभन्दा धेरै के–केमा हुन्छ खर्च ?