‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग
![‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग](https://rpcdn.ratopati.com/media/albums/ausadhi_bivag_EhvpxUcyoL.jpeg)
काठमाडौँ । औषधि व्यवस्था विभागले कामको विश्वसनियताको लागि ‘म्याचुरेटी’ (परिपक्कता)को तीन तहमा पुग्ने तयारी थालेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेको मानङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार अहिले विभागको परिपक्कताको दुई तह मात्र छ । ‘डब्लुएचओ ग्लोबल बेन्च मार्किङ्ग’मा उल्लेख गरिएका कानुन, जनशक्ति, कार्यालय, प्रयोगशाला, अनुगमन लगायतका मानाङ्कलाई हेरेर तह निर्धारण गर्ने गरिन्छ ।
विभागले स्तरोन्नतीका लागि विभागले कानुन संशोधन, प्रदेशस्तरमा कार्यालय, दक्षजनशक्ति थप र प्रयोगशालाको क्षमता बढाउने कार्य गरिरहेको छ । “हाम्रो क्षमता अनुसार अहिले हामी परिपक्कताको दुई तहमा रहेका छौँ”, उनले भने, “परिवक्कताको तीन तहमा जाने हाम्रो योजना हो । त्यही अनुसार अहिले हामीले काम गरिरहेका छौँ ।”
तीन तहको परिपक्कता पुगेपछि विभागले गरेका निर्णय परिपक्क हुने, अन्यले मान्ने खाले हुने, निष्पक्ष, पारदर्शीता र औषधि गुणस्तरिय हुने उनको भनाइ रहेको छ । परिपक्कताको चार तहमा पुगेपछि डब्लुचएओले सूचिकृत गर्ने गरेको छ । औषधि पसल, आयुर्वेदिक पसलको अनुगमनका गर्नका लागि विभागसँग पर्याप्त मात्रामा जनशक्ति रहेका छैनन् ।
विभाग अहिले प्रदेशस्तरमा पनि जान सकेको छैन । काठमाडौँ बाहिर विराटनगर, वीरगञ्ज र नेपालगञ्ज मात्र विभागको कार्यालय छ । विभागमा अहिले एक सय १५ जनशक्ति छन् । “हामीसँग एकदमै थोरै जनशक्ति रहेका छन्,” उनले भने, “यसले गर्दा हामीले उद्योग, औषधि पसलको पर्याप्त मात्रामा अनुगमन गर्न सकेका छैनौँ ।”
विभागमा अहिले स्वदेशी एक सय ५० उद्योग दर्ता र पाँच सय विदेशी कम्पनी दर्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
-
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
-
नेपाल र भारतबिच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
-
स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य
-
जलवायु परिवर्तनका कारण नेपालले ठुलो क्षति व्यहोरिरहेको छ: मुख्यमन्त्री लामा
-
काठमाडौँ महानगरपालिकाका प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरूपण